arrow

सभामुख अर्यालले बोलाए दलका प्रमुख सचेतकहरूको बैठक

logo
हाम्रा कुरा
प्रकाशित २०८३ वैशाख ९ बुधबार
dolprasad-aryal-23-12.jpg

काठमाडौँ ।  सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका प्रमुख सचेतक तथा सचेतकहरूसँग छलफल गर्ने भएका छन्। यो बैठक आज बिहान १०:०० बजे सिंहदरबारस्थित कानुन समितिको हलमा बस्ने तय भएको छ।

बैठकको मुख्य एजेन्डा कूटनीतिक राहदानी (डिप्लोम्याटिक पासपोर्ट) सिफारिस र यससँग सम्बन्धित व्यवस्थाका विषयमा केन्द्रित रहने बताइएको छ। पछिल्लो समय कूटनीतिक राहदानीको प्रयोग र सिफारिस प्रक्रियालाई लिएर विभिन्न छलफलहरू भइरहेका सन्दर्भमा सभामुखले सबै दलको साझा धारणा बुझ्न र आवश्यक समन्वय गर्न यो बैठक बोलाएका हुन्।

बैठकमा प्रतिनिधि सभाको आगामी कार्यसूची, संसदीय समितिहरूको प्रभावकारिता र संसदलाई व्यवस्थित बनाउने अन्य समसामयिक विषयमा समेत छलफल हुन सक्ने संसद् सचिवालयले जनाएको छ। सभापति अर्यालले सदनमा रहेका सबै दलहरूबीच समझदारी कायम गर्दै संसदीय प्रक्रियालाई थप पारदर्शी र मर्यादित बनाउन यो पहल गरेका हुन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ