arrow

कर छुटलाई निरन्तर र एकरूपमा कार्यान्वयन गर्न सरकारसँग यातायात व्यवसायीको माग

logo
हाम्रा कुरा
प्रकाशित २०८३ वैशाख १० बिहिबार
yatayat-kathmandu-basundhar.jpg

काठमाडौँ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले यातायात क्षेत्रले पाउँदै आएको ६० प्रतिशत कर छुटलाई निरन्तर र एकरूपमा कार्यान्वयन गर्न सरकारसँग माग गरेको छ। महासंघले यातायात व्यवस्था विभागलाई पत्र पठाउँदै विगतका निर्णयहरू कार्यान्वयनमा भइरहेको ढिलाइप्रति गम्भीर ध्यानाकर्षण गराएको हो।

महासंघका अनुसार वि.सं. २०७६ मा भएको निर्णय बमोजिम यातायात व्यवसायीहरूलाई वार्षिक कर, रुट परमिट र जाँचपासमा ६० प्रतिशत छुट दिने सहमति भएको थियो। लामो समयसम्म यो व्यवस्था लागू भए पनि मुलुक संघीय संरचनामा गएसँगै विभिन्न प्रदेशहरूमा यसको कार्यान्वयनमा असमानता देखिएको व्यवसायीहरूको गुनासो छ। संविधानअनुसार यातायात क्षेत्रको अधिकार प्रदेश र स्थानीय तहमा हस्तान्तरण भएपछि केही प्रदेशले यो छुटको दरलाई घटाएर ४५ प्रतिशतमा झारेका छन् भने कतिपयमा फरक–फरक व्यवस्था लागू गरिएको छ।

यस विषयमा महासंघले संघीय र प्रदेश सरकारलाई पटक–पटक जानकारी गराउँदा पनि हालसम्म कुनै स्पष्ट निर्णय नआएको महासचिव टेकनाथ गौतमद्वारा हस्ताक्षरित पत्रमा उल्लेख छ। देशभरका व्यवसायीहरू कर छुटको विषयलाई लिएर अन्योलमा परेकाले कानुनी रूपमै स्पष्ट व्यवस्था गरी देशभर एकै किसिमको (६० प्रतिशत) छुट लागू गर्न माग गरिएको छ। महासंघले आफ्ना समस्या समाधानका लागि सरकारसँग आवश्यक छलफल गर्न तयार रहेको समेत जनाएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ