arrow

संसद् सचिवालयका नवनियुक्त सचिव अधिकारीले लिए शपथ

logo
हाम्रा कुरा
प्रकाशित २०८३ वैशाख ३१ बिहिबार
prakash-adhikari-oath.jpg

काठमाडौँ । सङ्घीय संसद् सचिवालयका नवनियुक्त सचिव प्रकाश अधिकारीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। बिहीबार सिंहदरबारस्थित संसद् सचिवालयमा आयोजित एक विशेष समारोहका बीच उनले आफ्नो पदको शपथ लिएका हुन्।

प्रतिनिधि सभाका सभामुख डोलप्रसाद अर्यालले अधिकारीलाई पदको शपथ गराएका हुन्। सभामुख अर्यालको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले अधिकारीलाई प्रतिनिधि सभाको सचिव पदमा नियुक्त गरेका थिए। संखुवासभा जिल्लाको खाँदबारी नगरपालिका–३ का स्थायी बासिन्दा अधिकारी निजामती सेवाको उपसचिव पदबाट सेवानिवृत्त कर्मचारी हुन्।

सभामुख अर्यालले हर्कराज राईलाई सचिव पदबाट मुक्त गरेपछि रिक्त रहेको स्थानमा अधिकारीको नाम सिफारिस गरेका थिए। संवैधानिक एवं कानुनी व्यवस्थाअनुसार सङ्घीय संसद्का महासचिव, प्रतिनिधि सभाका सचिव तथा राष्ट्रिय सभाका सचिवलाई सम्बन्धित सदनको सभामुख वा अध्यक्षको सिफारिसमा राष्ट्रपतिले नियुक्त गर्ने तथा पदमुक्त गर्ने प्रावधान रहेको छ। यस नियुक्तिसँगै संसद् सचिवालयको प्रशासनिक नेतृत्वले पूर्णता पाएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ