arrow

ग्लोबल आईएमई बैंकको तेस्रो चौमासको खुद नाफा चार अर्ब ४० करोड 

logo
हाम्रा कुरा
प्रकाशित २०८३ वैशाख १७ बिहिबार
global-ime-bank-building-fi.jpg
तस्बिर : फाइल

काठमाडौँ । ग्लोबल आईएमई बैंकले चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमासमा खुद नाफा ४ अर्ब ४० करोड रुपैयाँ गरेको छ । तुलनामा यो कम भए पनि बैंकले आफ्नो पकड बनाइराखेको हो । 

गत आर्थिक वर्षको सोही अवधिमा बैंकले ४ अर्ब ५३ करोड रुपैयाँ नाफा गरेको थियो । समीक्षा अवधिमा बैंकले ११ अर्ब ८८ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । गत वर्षको सोही अवधिमा बैंकले १२ अर्ब ३१ करोड रुपैयाँ ब्याज आम्दानी गरेको थियो ।

समीक्षा अवधिमा बैंकले खुद शुल्क तथा कमिशन आम्दानी २ अर्ब ६० करोड रुपैयाँ, कुल सञ्चालन आम्दानी १६ अर्ब २ करोड रुपैयाँ र सञ्चालन नाफा ५ अर्ब ९० करोड रुपैयाँ गरेको छ । बैंकले 
गत वर्षको चैत मसान्तसम्ममा खुद शुल्क तथा कमिशन आम्दानी २ अर्ब ३१ करोड रुपैयाँ, कुल सञ्चालन आम्दानी १५ अर्ब ५३ करोड रुपैयाँ र सञ्चालन नाफा ६ अर्ब ३३ करोड रुपैयाँ थियो । 

चालु आवको चैतसम्ममा बैंकको वितरण योग्य नाफा ३ अर्ब ५४ लाख रुपैयाँ रहेको छ । यस आधारमा बैंकको लाभांश क्षमता १०.५० प्रतिशत रहेको देखिन्छ । 

३८ अर्ब ११ करोड रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा २६ करोड ९२ लाख रुपैयाँ रहेको छ । चालु आवको चैत मसान्तसम्म बैंकले ६ खर्ब २६ अर्ब रुपैयाँ निक्षेप संकलन गरी ४ खर्ब ३९ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ । 

गत वर्षको चैतसम्म बैंकले ५ खर्ब ५० अर्ब रुपैयाँ निक्षेप संकलन गरी ४ खर्ब १० अर्ब रुपैयाँ कर्जा लगानी गरेको थियो । गत वर्षको चैतमा ४.९८ प्रतिशत रहेको खराब कर्जा चालु आवमा घटेर ४.९७ प्रतिशतमा झरेको छ । बैंकको प्रतिशेयर आम्दानी १५.४० रुपैयाँ रहेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ