यातायातमा सेवाग्राहीलाई हैरानी दिने तीन बिचौली पक्राउ
हाम्रा कुरा
प्रकाशित २०८३ जेठ २ शनिबार
433
Shares
काठमाडौँ । जनकपुरधामस्थित यातायात व्यवस्था कार्यालय परिसरमा सेवाग्राहीलाई झन्झट तथा हैरानी दिने तीन जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय धनुषाले यातायात व्यवस्था कार्यालय परिसरमा सेवाग्राहीलाई झन्झट तथा हैरानी दिन कार्यमा संलग्न रहेको आरोपमा शुक्रबार तीन जनालाई पक्राउ गरेको हो ।
जनकपुरधाम उपमहानगरपालिका-२ का २२ वर्ष अंकितकुमार साह, सर्लाहीको गोडैता नगरपालिका-६ का ३० वर्ष करिब चिन्टुकुमार सिंह र धनुषाधाम नगरपालिका-३ का करिब २१ वर्ष राजेश साहलाई प्रहरीले पक्राउ गरेको हो ।
प्रहरीका अनुसार शुक्रबार साँझ करिब ४ बजे यातायात व्यवस्था कार्यालय मुजैलियामा सेवाग्राहीलाई अनावश्यक दुःख दिने तथा बिचौलीको काम भइरहेको भन्ने विशेष सूचनाको आधारमा प्रहरी टोली खटाइएको थियो । सो क्रममा तीन जनालाई नियन्त्रणमा लिएर हाे ।
प्रहरीले पक्राउ परेकामाथि आवश्यक अनुसन्धान भइरहेको जनाएको छ ।