arrow

महाकालीमा सेनाको विपद् अभ्यास

logo
हाम्रा कुरा
प्रकाशित २०८३ जेठ १४ बिहिबार
mahakali-bipad-abhyash.jpg

काठमाडौँ । नेपाली सेनाको अगुवाइमा कञ्चनपुरको भीमदत्त नगरपालिका–१२ ऐरीस्थित महाकाली नदीमा विपद् व्यवस्थापन तथा उद्धारसम्बन्धी ‘अभ्यास मनसुन–६’ सफलतापूर्वक सम्पन्न भएको छ।

नेपाली सेनाको बराहदल गुल्म भगतपुर ब्यारेकको आयोजनामा भएको यस उद्धारसम्बन्धी नमुना अभ्यासमा विपद्का बेला गरिने उद्धार तथा क्षति न्यूनीकरणका उपायहरूबारे स्थानीय नागरिकमाझ नमुना प्रदर्शन गरिएको हो। बराहदल गुल्मका गुल्मपति सेनानी अशोक शाहीले महाकाली नदी क्षेत्रमा सम्भावित बाढी तथा प्राकृतिक विपद् व्यवस्थापनका लागि सबै पक्ष एकत्रित भएको उल्लेख गर्दै सर्वसाधारणलाई उद्धार एवं क्षति न्यूनीकरणबारे जानकारी गराउने उद्देश्यले यो नमुना अभ्यास गरिएको बता

ए। उनले विपद्को समयमा तत्काल उद्धार गर्नका लागि सेनाको प्राविधिक टोली आवश्यक उपकरणसहित सधैँ तयारी अवस्थामा रहने गरेको जानकारी दिए। यस नमुना अभ्यासमा नेपाली सेनासँगै नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको उद्धार टोलीले संयुक्त अभ्यास प्रदर्शन गरेका थिए।

त्यसैगरी, कार्यक्रममा जिल्ला समन्वय समिति कञ्चनपुरका प्रमुख दुर्गादत्त बोहराले महाकाली नदीको किनार क्षेत्र बाढी तथा विपद्को उच्च जोखिममा रहेकाले स्थानीय नागरिकहरू वर्षातका बेला निकै सजग हुनुपर्नेमा जोड दिए। महाकाली नदीमा पौडी खेल्ने र रमाइलो गर्ने क्रममा धेरै नागरिकले ज्यान गुमाउनुपरेको स्मरण गराउँदै बोहराले वर्षातका बेला ज्यान जोखिममा राखेर बाढीको भेलमा दाउरा सङ्कलन गर्ने जस्ता गतिविधि नगर्न आग्रह गरे।

कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख दुर्गादत्त बोहरा, प्रमुख जिल्ला अधिकारी मदन कोइराला र श्री नं. २५ बाहिनी अड्डाका बाहिनीपति सहायक रथी विजितराज रेग्मीसहित जिल्ला सुरक्षा समितिका पदाधिकारीहरूको सहभागिता रहेको थियो। सेनाको उक्त नमुना अभ्यासमा नेपाल राष्ट्रिय समाज कल्याण सङ्घ (एनएनएसडब्लुए) लगायतका गैरसरकारी संस्थाहरूको समेत सहकार्य रहेको थियो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ