-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
काठमाडौँ। एसियन गेम्स महिला टी-२० क्रिकेट छनोटअन्तर्गत खेलमा नेपालले आज शनिबार मलेसियासँग भिड्दैछ ।
मलेसियाको क्वालालम्पुरस्थित वायोमास ओभलमा हुने खेल नेपाली समयअनुसार बिहान पौने १२ बजेबाट शुरू हुनेछ ।
समूह चरणको पहिलो खेलमा नेपालले चीलाई १९ रन र इन्डोनेसियालाई ४ विकेटले पराजित गरेको थियो ।
नेपाल समूह बीको विजेता हुँदै सेमिफाइनलमा पुगेको हो ।
नेपाली टोली आजको खेलमा विजयी भए फाइनलमा पुग्ने छ ।