arrow

एसियन गेम्स छनोटको सेमिफाइनल: नेपालले मलेसियालाई दियो १२७ रनको चुनौती

logo
हाम्रा कुरा
प्रकाशित २०८३ जेठ १६ शनिबार
nep-women-cric-26-5-28.jpg
तस्बिर : फाइल

काठमाडौँ । नेपाली महिला क्रिकेट टिमले जापानमा हुने एसियन गेम्सको छनोटको सेमिफाइनल जितका लागि मलेसियालाई १२७ रनको चुनौती दिएको छ । 

मलेसियाको क्वालालम्पुरमा जारी सेमिफाइनलमा नेपालले टस जितरे ब्याटिङ गर्दै ६ विकेटको क्षतिमा १२६ रन बनायो । कप्तान इन्दू बर्माले ४१ बलमा अविजित रहँदै ४६ रन बनाइन् । 

कविता कुँवरले १५ बलमा ३३ रन बनाइन् । 

जवाफमा मलेसियाले शुरूआतमै विकेट गुमाएको छ । 

इन्डोनेसियालाई ४ विकेटले पराजित गर्दै नेपाल समूह विजेता बन्दै सेमिफाइनलमा पुगेको हो । 

पहिलो खेलमा नेपालले चीनलाई १९ रनले हराएको थियो । मलेसियाले बिहीबार नै सम्पन्न खेलमा हङकङलाई ३४ रनले हराउँदै सेमिफाइनलको यात्रा तय गरेको हो ।

यो खेलको विजेताले फाइनलमा थाइल्याण्डको सामना गर्नेछ । आजै भएको सेमिफाइनलमा थाइल्याण्डले चीनलाई पराजित गर्दै फाइनलमा स्थान बनाएको हो । 

थाइल्याण्ड ८३ रनले विजयी भयो । थाइल्याण्ड ३ विकेटको क्षतिमा १३७ रन बनाएकामा चीनले ५३ रनमात्र बनाउन सक्यो ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ