नेपाली महिला क्रिकेट टिम एसियन गेम्स छनोटको सेमिफाइनलबाटै बाहिरियो
हाम्रा कुरा
प्रकाशित २०८३ जेठ १६ शनिबार
720
Shares
तस्बिर : फाइल
काठमाडौँ । नेपाली महिला क्रिकेट टिम जापानमा हुने एसियन गेम्सको छनोटको सेमिफाइनलबाटै बाहिरिएको छ । मलेसियाको क्वालालम्पुरमा भएको सेमिफाइनलमा नेपाल आयोजक मलेसियासँगै २ विकेटले पराजित भयो ।
१२७ रनको चुनौती मलेसियाले १८ ओभर ४ बलमै ८ विकेटको क्षतिमा पूरा गर्यो । एल्सा हन्टरले २४ बलमा ४८ रन बनाइन् ।
नेपालका लागि रिया शर्माले ३ तथा रुबिना क्षेत्री र मनिषा उपाध्यायले समान २ विकेट लिए ।