arrow
ADVERTISEMENT

प्रतिनिधि सभा बैठक [लाइभ] 

logo
हाम्रा कुरा
प्रकाशित २०८३ जेठ २७ बुधबार

काठमाडौँ । प्रतिनिधि सभाको बैठक ढिला गरी बसिरहेको छ । आगामी आर्थिक वर्षको बजेट र विभिन्न महत्त्वपूर्ण विधेयकहरूमाथि छलफल गर्ने कार्यसूची तय गर्दै बैठक शुरू भएको हो । 

यद्यपि समस्याको गाँठो फुकाइ बैठक बस्न ढिलाइ भएको थियो । बिहान ११ बजे बस्ने भनिएको बैठक दिउँसो २ बजे बस्ने गरी सूचना टाँसेर सत्ता र प्रतिपक्षबीच सहमतिको प्रयास गरिएको थियो । त्यसको सवा घण्टापछि मात्र बैठक बसेको हो ।

प्रधानमन्त्री वालेन्द्र साह बालेनको नेपाल–भारत सीमासम्बन्धी विवादित अभिव्यक्तिका कारण समस्या खडा भएको हो । सहमतिअनुसार विपक्षीले बालेनले संसदमा बोलेको विषयलाई रेकर्डबाट हटाउन माग गर्नेछन् । 

परराष्ट्र मन्त्री शिशिर खनालले बालेनको बोलीको यथार्थ प्रस्तुत गर्ने बुझिएको छ । 

के छ आजको कार्यसूची ?

यदि आज राजनीतिक सहमति जुटेर बैठक चालु भएमा सभामुखले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थपसम्बन्धी पत्रको बेहोरा पढेर सुनाउने र कार्यव्यवस्था परामर्श समितिमा सदस्यहरूको नाम मनोनयन गरेको बेहोरा जानकारी गराउने कार्यसूची छ। 

साथै सभामुखले ‘वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८२’ र अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले 'अर्थ विधेयक' राष्ट्रिय सभाबाट अवधिभित्र फिर्ता नभएको जानकारी गराउने सम्भावित कार्यसूची रहेको छ। 

बैठकमा आगामी आर्थिक वर्षको बजेटका विषयमा विस्तृत छलफल हुने र बजेटमाथि उठेका प्रश्नहरूको जवाफ अर्थमन्त्री वाग्लेले दिनेछन्। यसका साथै चलचित्र विधेयकलाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउने, अर्थमन्त्रीले विनियोजन विधेयक र राष्ट्र ऋण उठाउने विधेयक प्रस्तुत गर्नेलगायतका महत्त्वपूर्ण कार्यसूचीहरू आजका लागि तय गरिएका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ