arrow
ADVERTISEMENT

भ्रमणले दुई देशबीचको सहकार्यलाई नयाँ उचाइमा पुर्‍याउने ठोस आधार तयार गर्‍यो: परराष्ट्रमन्त्री खनाल

logo
हाम्रा कुरा
प्रकाशित २०८३ जेठ २७ बुधबार
sisir-khanal-27.jpg

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालले आफ्नो हालै सम्पन्न भारत भ्रमणले नेपाल–भारत सम्बन्धलाई थप सुदृढ बनाउने बलियो आधार तयार गरेको बताएका छन्। बुधबार बसेको प्रतिनिधिसभा बैठकमा आफ्नो भारत भ्रमणबारे सदनलाई आधिकारिक जानकारी गराउँदै उनले यस्तो धारणा राखेका हुन्।

मन्त्री खनालले यो भ्रमणले नेपालको सन्तुलित र बहुआयामिक परराष्ट्र नीतिलाई थप सशक्त रूपमा अन्तर्राष्ट्रिय मञ्चमा अभिव्यक्त गर्ने महत्त्वपूर्ण अवसर प्रदान गरेको उल्लेख गरे। भ्रमणका क्रममा दुई देशबिच आपसी हितका विभिन्न रणनीतिक र आर्थिक विषयमा सार्थक संवाद भएको उनले संसद्लाई जानकारी दिए।

परराष्ट्रमन्त्री खनालका अनुसार भ्रमणका क्रममा नेपाल र भारतबिच व्यापार तथा लगानी विस्तार, ऊर्जा सहकार्यको सुदृढीकरण, पर्यटन प्रवर्द्धन, कनेक्टिभिटी (सम्पर्क सञ्जाल) विस्तार तथा जनस्तरको सम्बन्धलाई अझ मजबुत बनाउने विषयमा ठोस छलफल भएको थियो।

उनले भने: "नेपालको सन्तुलित र बहुआयामिक परराष्ट्र नीतिलाई थप सशक्त ढङ्गले अभिव्यक्ति गर्ने अवसर यस भ्रमणले प्रदान गरेको छ। व्यापार तथा लगानी विस्तार गर्ने, ऊर्जा सहकार्य सुदृढ गर्ने, पर्यटन प्रवर्द्धन गर्ने तथा कनेक्टिभिटी र जनस्तरको सम्बन्ध अझ सशक्त बनाउने विषयहरूमा ठोस आधार तयार पारेको छ। आपूर्ति शृङ्खला सुरक्षा तथा ऊर्जा साझेदारीजस्ता समसामयिक अन्तर्राष्ट्रिय मुद्दाहरूमा समेत धारणा आदानप्रदान गरिएको छ।"

परराष्ट्रमन्त्री खनालले भ्रमणका क्रममा भएका विभिन्न उच्चस्तरीय भेटघाट र राजनीतिक छलफलले नेपाल र भारतबिचको कूटनीतिक तथा आर्थिक सहकार्यलाई नयाँ उचाइमा पुर्‍याउन उल्लेख्य सहयोग पुग्ने विश्वास व्यक्त गरे।

उनले थपे: "यस भ्रमणका क्रममा भएका छलफल र उच्चस्तरीय भेटघाटहरूले नेपाल र भारतबिचको कूटनीतिक र आर्थिक सहकार्यलाई नयाँ उचाइमा पुर्‍याउनका साथै आगामी दिनमा आपसी हितका क्षेत्रमा परिणाममुखी सहकार्य अगाडि बढाउन बलियो आधार तयार भएको मैले महसुस गरेको छु।"

साझा हितका क्षेत्रहरूमा दुवै देश मिलेर अघि बढ्ने र भ्रमणका क्रममा भएका समझदारीहरूलाई छिट्टै व्यावहारिक रूपमा कार्यान्वयनमा लगिने प्रतिबद्धतासमेत उनले संसद् समक्ष व्यक्त गरे।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ