arrow

रहेनन् चन्द सरकारका गृहमन्त्री थापा, पशुपति आर्यघाटमा अन्त्येष्टि

logo
हाम्रा कुरा
प्रकाशित २०८३ असार १ सोमबार
home-ministry.jpeg

काठमाडौँ । पूर्वगृहमन्त्री एवं भूतपूर्व गृहसचिव धर्मबहादुर थापाको निधन भएको छ। पारिवारिक स्रोतका अनुसार उनको गत शुक्रबार ललितपुरमा निधन भएको हो। दिवङ्गत थापाको हिजो आइतबार पशुपति आर्यघाटमा हिन्दु परम्परा अनुसार अन्त्येष्टि गरिएको छ।

थापाले देशको राजनीतिक र प्रशासनिक दुवै क्षेत्रमा उच्च तहमा रहेर महत्त्वपूर्ण योगदान पुर्‍याएका थिए। उनी पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दको नेतृत्वमा गठन भएको मन्त्रिपरिषद्मा गृहमन्त्री बनेका थिए।

राजनीतिमा सक्रिय हुनुअघि थापा लामो समय प्रशासनिक सेवामा आबद्ध थिए। निजामती सेवाका क्रममा उनले देशका विभिन्न अञ्चलहरूमा अञ्चलाधीशका रूपमा सफल जिम्मेवारी सम्हालेका थिए भने पछि गृह मन्त्रालयको सर्वोच्च प्रशासनिक पद 'गृहसचिव' का रूपमा समेत सेवा गरेका थिए। दिवङ्गत थापाका दुई छोरा छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ