arrow

बोस्निया समूहमा तेस्रो भएर पनि विश्वकपको ‘नकआउट’ मा पुग्ने पहिलो टिम

logo
हाम्रा कुरा
प्रकाशित २०८३ असार ११ बिहिबार
wcf-2026-bosnia-herzgovina-32.jpg

काठमाडौँ । विश्वकप फुटबलको समूह बीबाट ‘नकआउट’ चरणमा प्रवेश गर्ने तीन टिमको टुंगो लागेको छ ।

चार टोलीमध्ये शीर्ष दुईमा रहेर स्वीट्जरल्याण्ड र क्यानाडा अन्तिम ३२ मा पुग्न सफल भएकामा तेस्रो स्थानमा रहेको बोस्निया एन्ड हर्जगोविनाले पनि मौका पाएको हो । 

अहिलेसम्म सकिएका समूहका अन्तिम चरणका खेलमा तेस्रो स्थानमा रहने बोस्नियाको मात्र ४ अंक रहेकाले अन्तिम ३२ मा पुग्न सफल भएको हो । 

यो समूहमा स्वीट्जरल्याण्डले तीन खेलबाट सात अङ्क जोड्यो । क्यानाडाको चार अङ्क रह्यो । चार अंक नै रहे पनि बोस्निया गोल अन्तरमा पछि पर्दै तेस्रो स्थानमा रह्यो । कतार अंकविहीन भयो । 

यसरी पुग्यो बोस्निया अन्तिम ३२ मा 

अहिले विश्वकपमा ४८ टिम छन् । १२ समूहमा विभाजन गरिएको छ । एउटा समूहमा चार टिम छन् । शीर्ष २ मा रहने टिम स्वतः अन्तिम ३२ मा पुग्छन् । यसरी हेर्दा २४ टिम अर्को चरणमा पुग्छन् । 

त्यसपछि बाँकी रहेका ८ टिम भने हरेक समूहमा तेस्रो रहेका १२ मध्ये उत्कृष्ट ८ ले अवसर पाउँछन् । यो हिसाबले बोस्नियाले अवसर पाएको हो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ