arrow

मेक्सिको शतप्रतिशत नतिजासहित ‘नकआउट’ मा, बाहिरियो चेक गणतन्त्र

logo
हाम्रा कुरा
प्रकाशित २०८३ असार ११ बिहिबार
wcf-2026-fans-mexico-26-6-25.jpg

काठमाडौँ । सहआयोजक मेक्सिको शतप्रतिशत नजितासहित विश्वकप फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ । 

आज बिहान भएको समूह चरणको अन्तिम खेलमा चेक गणतन्त्रलाई पराजित गर्दै मेक्सिको सबै जितसहित अन्तिम ३२ मा पुगेको हो । 

मध्यान्तरसम्म गोलरहित बराबरी खेलेको मेक्सिकोले मध्यान्तरपछि तीन गोल गरेसँगै ३–० को जित हासिल गरेको हो । 

मेक्सिकोका लागि माटेओ चाभेज, युलियन क्विनोनेस र अल्भाराव फिडाल्गोले एक एक गोल गरे । 

यो हारपछि भने एक अंकको चेक गणतन्त्र विश्वकपबाट बाहिरिएको छ । यो समूह ए को खेल हो । समूह एमा दक्षिण अफ्रिका र दक्षिण कोरियासमेत रहेका छन् । 

दक्षिण अफ्रिकाले कोरियालाई हराउँदै पहिलै पटक नकआउटमा पुगेको छ । कोरिया तेस्रो भएको छ । 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ