arrow

लागुऔषध नियन्त्रणका लागि बलियो कानूनी संरचना आवश्यक: गगन थापा

logo
हाम्रा कुरा
प्रकाशित २०८३ असार १२ शुक्रबार
gagan-thapa-12.jpg

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसार नियन्त्रण गर्न देशमा बलियो कानूनी संरचना आवश्यक रहेको बताएका छन्। शुक्रवार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्धको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले यस्तो धारणा राखेका हुन्।

सभापति थापाले सरकारले लागुऔषध नियन्त्रणसँगै अन्य महत्त्वपूर्ण विधेयकहरू संसद्मा नल्याए राजनीतिक रूपमा दबाब बढाउनुपर्ने समेत बताए। लागुऔषध दुरुपयोग र अवैध ओसारपसार नियन्त्रणका लागि कानूनी तथा नीतिगत सुधार, प्रभावकारी कार्यान्वयन र सुरक्षा निकायको क्षमता अभिवृद्धि गर्नुपर्नेमा उनले विशेष जोड दिए। विगतमा बनेका कानूनहरूले संघीय शासन व्यवस्थाअनुसार संघ, प्रदेश र स्थानीय तहबीचको जिम्मेवारी स्पष्ट रूपमा समेट्न नसकेको उनको भनाइ थियो।

संसद्मा विधेयक ल्याउन सरकारलाई दबाब सिर्जना गर्नुपर्ने उल्लेख गर्दै उनले भने, "हामीसँग त्यसका लागि अनेकौँ उपायहरू हुन सक्छन्, आजको छलफलबाट हामीले यसैमा काम गर्ने हो। लागुऔषध नियन्त्रणसम्बन्धी कानून बन्दाको समयमा संघ, प्रदेश र स्थानीय तहले के गर्ने भन्ने स्पष्ट थिएन। अब संघको नयाँ कानून बनेपछि तल्लो निकायहरूलाई पनि कानून बनाउन सजिलो हुन्छ।"

सभापति थापाले लागुऔषध नियन्त्रणसम्बन्धी प्रभावकारी नीति निर्माण, कानूनी संरचना सुदृढीकरण र कार्यान्वयन संयन्त्रलाई थप बलियो बनाउन आफ्नो पार्टीले सक्रिय रूपमा काम गर्ने प्रतिबद्धता समेत व्यक्त गरे।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ