arrow

सुनसरीको दशगजामा भारतीय बस्ती, हजारौं विघा नेपाली जमिन अतिक्रमण

logo
प्रकाशित २०७७ पुष १७ शुक्रबार
1111674667.jpeg

सुनसरी । नाकाबन्दीले महिना दिन ढाड सेकेको भारतले सुनसरीको सिमावर्ती गाविसको नेपाली भुमि र दशगजा क्षेत्रमा अतिक्रमण गरी बस्ती बसाएको छ ।

सीमा सुरक्षाको जिम्मा पाएको सशस्त्र प्रहरी र सरकार भारतले नेपाली भुमि र दशगजा क्षेत्र अतिक्रमण गरी बस्ती बसाउँदा समेत मुख दर्शक बनिरहेको छ । सुनसरीका एक दर्जन बढी गाविसको हजारौ विघा जमिन भारतले अतिक्रमण गरि बस्ती बसाउँदा सरकारले बस्ती हटाउन चासो नदिएको स्थानियको भनाई छ ।

भारतको विहार राज्य अन्र्तगत पर्ने हररिया र सुपौल जिल्ला र नेपाल तर्फको सुनसरी जिल्लाको सिमावर्ती गाविसमा भारतले नेपाली भुमि अतिक्रमण गरी बस्ती बसाएको हो ।

भारतसंग सिमाना जोडिएको सुनसरीको हरीपुर, श्रीपुर लौकही, नरसिंह, बसन्तपुर, घुस्की, देवानगञ्ज, कप्तानगञ्ज, साहेबगञ्ज, र अमडुवा गाविसको हजारौ विघा जमिन भारतले अतिक्रमण गरेको हो ।

सो क्षेत्रको दजगजामा पनि भारतले अतिक्रमण गरी बस्ती बसाएर खेती सुरु गरेको छ । सुनसरीको दक्षिणी भेगमा अतिक्रमण भएको नेपाली भुमि खाली गर्न दुबै दशका प्रतिनिधि सहमत भएपनि मधेश आन्दोलनका कारण खाली गर्न नसकिएको सुनसरीका प्रमुख जिल्ला अधिकारी रविलाल पन्थले बताए ।

आइतबार मात्रै देशमा प्रधानमन्त्रीको चुनाव सकिँदा सीमा क्षेत्रमा प्रहरीमाथि नै कुटपिट भएकोृ थियो । भारतीय ज्यादतीविरुद्ध फोस्रा अभिव्यक्ति दिने राजनीतिक दलहरु मौन छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ