हात्ती महोत्सवमा रम्दै चितवन (फोटो फिचर)

प्रकाशित मिति : २०७२ पौष १३ सोमबार
चितवन । चितवनको सौराहामा जारी १२ औं चितवन हात्ती महोत्सव अन्तर्गत बाघमारा मध्यवर्ती वनको चौरमा सोमबार हात्तीले सामूहिक वनभोज खाएका छन् । ८० हात्ती कुनै सफारीमा गएनन् । सामूहिक रूपमा भोजन गरे । यस्तै, गाडा, डुंगा र टाँगा दौड प्रतियोगिताको समेत भएको छ । क्षेत्रीय होटल संघले आयोजना गरेको महोत्सव बुधबारसम्म चल्नेछ ।  १२औ चितवन हात्ती महोत्सव चितवनको सौराहामा तेस्रो दिन सोमबार हाती वनभोज कार्यक्रम ।
 
 
चितवन हात्ती महोत्सवको तेस्रो दिन सोमबार हाती वनभोज कार्यक्रममा उदघाटन गर्दै पूर्ब शिक्षा मन्त्री चित्रलेखा यादव।
 
प्रभु बैक र नबिन बीच फुटबल प्रतियोगितामा । 
 
हात्ती महोत्सव चितवनको सौराहामा तेस्रो दिन सोमबार हात्ती सून्दरी प्रतियोगितापछि दर्शकहरुसग । 
चितवनको सौराहा घुम्न आएका पर्यटकलाई माला लगाएर स्वागत गर्दै हात्ती । तस्वीर: रासस
नयाँ