arrow

एमालेको सरकारमा आउने लालसाले चुनाव अन्योलमा

logo
प्रकाशित २०७४ वैशाख १७ आइतबार
KP-oli-naya-news.jpeg

काठमाडौं। संसदमा प्रवेश गरेको संविधान संसोधनको प्रस्तावको प्रक्रियामा प्रवेश गर्न एमालेलाई काँग्रेसले आग्रह गरेको छ । संसदमा प्रवेश गरेको संविधान संसोधन प्रस्ताव पारित गर्ने नगर्ने जेगरि पनि संसदिय प्रक्रियामा आएर गर्न काँग्रेसले एमालेलाई भनेको हो । संसदमा प्रवेश गरेको प्रक्रियालाई जे  गरेर भएपनि सफल हुन दिन्न भन्दा पनि संसदीय अभ्यास अन्तर्गतका प्रक्रियामा गएर त्यसको प्रतिवाद गर्न एमालेलाई काँग्रेसले सुझाएको हो। 

काँग्रेस सभापति शेर बहादुर देउवाले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटी संसदीय प्रक्रियामा प्रवेश गरेको विषयलाई संसदीय अभ्यास मार्फत नै हल खोज्न आग्रह गरेका थिए। संविधान संसोधनको बारेमा एमालेलाई पनि सहमत गराउन ओलीलाई भेट्न गएका देउवालाई उनले आफूहरु संविधान संसोधन कुनै पनि हालतमा मान्न तयार नभएको बताएका थिए। उनले संविधान संसोधनको प्रस्तावका विभिन्न विषयमा छलफल गर्न गएका काँग्रेसका नेताहरुलाई उल्टै तपाइहरुले संसोधनको प्रस्ताव नै नपढी आउनुभएछ हैन भने  तपाइहरु आफै सहमति जनाउनु हुन्नथियो भन्दै अल्मल्याउन खोजेका थिए। ओलीका कुरा सुनेर भेटमा सहभागि काँग्रेसका नेताहरु हाँसेका थिए। 

काँग्रेस नेताहरुले एमाले अध्यक्ष ओलीलाई संसदमा प्रवेश गरिसकेको संविधान संसोधन प्रस्ताव संसदमा टेवुल भएपछि के गर्नुहुन्छ त भन्दै सोधेका थिए । ओलीले आफूले जे गरेर भएपनि संविधान संसोधन हुन नदिने बताएका थिए । उनलाई काँग्रेस नेताहरुले फेरि सोधे त्यसो भए के गर्नुहुन्छ त ? संविधान संसोधनको प्रस्तावको पक्षमा दुई तीहाई सांसद पुग्न दिनुहुन्नकी, सत्तारुढ गठवन्धनका सांसद आफूतर्फ पार्नुहुन्छकी, संसद अवरोध पार्नुहुन्छकी, सडकमा आन्दोलन गर्नुहुन्छकी के गर्नुहुन्छ ? भन्दै सोधेका थिए । जवाफमा उनले जे गरेर भएपनि संविधान संसोधन हुन नदिने बताए। 

ओलीसँगको भेटपछि सभापति देउवाले आफ्ना निकटहरुलाई उनीसँग भएका संवाद सुनाएका थिए। काँग्रेसका एक नेता भन्छन एमाले संविधान संसोधन प्रक्रियालाई अड्काएर न अघी वढ्न दिने न पछि हट्न दिने अवस्थामा पुर्‍याउन चाहिरहेको छ । यो सबै दवाव चुनावी सरकारमा आफू समेत सहभागि भएको सरकार बनोस भन्ने उसको चाहना देखिन्छ । एमाले नेतृत्वले मुखले बोलेको मात्र छैन तर उसले चुनावी प्रक्रियालाई कुनै न कुनै नाममा पछाडी धकेल्न चाहन्छ भन्ने उसका गतिविधीले पुष्टी गरेको एक काँग्रेस नेताले बताए । 

सार्वजनिक उपभोगका लागि एमाले एकै चरणमा चुनाव हुनुपर्ने बताउँदै आएको छ। स्रोतका अनुसार एकै चरणमा चुनाव गर्दा जेठ ३१ मा पनि गर्न नपाइने उसले शर्त राखेको छ। जेठ ३१ मा चुनाव गर्दा वजेट जेठ १५ मा ल्याउन नपाउने अर्को पनि शर्त एमालेको छ । वजेट पछि जेठ ३१ मा चुनाव गर्न नपाइने शर्त राख्दै गर्दा जेठमा चुनाव सार्न सरकारलाई मनाएको मधेशी मोर्चा असन्तुष्ट हुने बुझेको एमालेले जेठ १५ अगावै दुइटै चरणको चुनाव गरौ भनेको छ। यसो गर्दा काँग्रेस र मोर्चा दुवै नमान्ने बुझेको उसले संसको प्रक्रियालाई न अगाडी वढ्न दिने न पछाडि जान दिने अवस्थामा छ । 

एमालेले किन प्रक्रियालाई अल्मल्याउन खोजेको छ भन्ने जवाफमा काँग्रेसका ति नेता भन्छन एमाले आफू सरकार बाहिर रहेर कुनै पनि हालतमा चुनाव हुन दिने पक्षमा छैन। यसैका लागि अहसले एमाले लफडा गरिरहेको छ । एमालेले विभिन्न राजनीतिक दलहरुसँग समानान्तर रुपमा चलाएको वार्ता र छलफल पनि संयुक्त सरकार बनाएर चुनावमा जाऔं भन्ने छ । संयुक्त भएन भने काँग्रेसलाई बाहिर राखेर भएपनि माओवादीकै नेतृत्वमा भएपनि चुनावमा जाऔं भन्ने प्रस्ताव उसले माओवादी सहित अन्य दलहरुसँग राखेको छ। तर संसदकै ठूलो दल काँग्रेसलाई वाहिर राख्ने गरि एमालेले गरेका गतिविधीलाई राम्रोसँग नियालेको काँग्रेसले संविधान संसोधन प्रस्ताव पारित गरि तोकिएको मितिमा चुनाव हुनुपर्ने गरि आफ्नो गतिविधी गर्दै आएको बताएको छ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ