arrow

मन्त्री लेखक चिनियाँ समकक्षीसँगको भेटघाटमा

ओबिओआरको लागि चीनले तोक्यो सम्पर्क ब्यक्ति

logo
प्रकाशित २०७४ जेठ १ सोमबार
ramesh_lekhak-_china.jpg

काठमाडौं। जनवादी गणतन्त्र चीनको निमन्त्रणामा ओबीओआर सम्मेलनमा भाग लिन जनबादी गणतन्त्र चीनको भ्रमणमा रहेका भौतिक पुर्वाधार तथा यातायात मन्त्री रमेश लेखक जनबादी गणतन्त्र चीनका यातायात मन्त्री ली ज्यायो पिङका बीच भेटबार्ता भएको छ।

दुई मन्त्रीबीच आपसी हितका विषयमा द्विपक्षीय बैठक समेत भएको छ।भेटका अवसरमा मन्त्री लेखकले सडक र रेल द्वारा दुई देश बिच यातायात संजालमा जोड्ने प्रस्ताव गरेका थिए। 

जवाफमा चिनीयाँ मन्त्रीले चीन सरकारद्वारा प्रस्तावित ओबीओआरमा नेपालाले हस्ताक्षर गरेकोमा खुशी व्यक्त गरेका थिए। उनले नेपालको सिमासम्म यातायात तथा रेल संचालन गरी ओबीओआरको हिस्साको रुपमा अगाडि बढाउन चीन तयार रहेको र यसको लागि चीनको अन्तराष्ट्रिय विभागका महानिर्देशकलाई सम्पर्क ब्यक्तिको रुपमा आजैदेखि काम अगाडी बढाउने गरि तोकेको जानकारी दिए। 

साथै मन्त्री पिङले नेपालमा सन्चालन हुने ठुला परियोजनाका लागि जनशक्ति बिकासमा पनि चीनले सहयोग गर्ने प्रतिबद्धता जाहेर गरेका थिए।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ