arrow

विश्व धुमपानरहित दिवस नेपालमा पनि, ११ प्रतिशत नेपालीको मृत्यु धुमपानकै कारण

क्यान्सर, मुटुरोग, मधुमेह र दीर्घकालीन स्वासप्रश्वास समस्या

logo
प्रकाशित २०७४ जेठ १७ बुधबार
tobacco-no-day.jpg

काठमाडौं। विश्व धुमपानरहित दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाईंदै छ। धुमपानका कारणले हुने क्षति न्युनिकरण र सुर्तीजन्य पदार्थको नियन्त्रण गर्ने उद्धेश्यले प्रत्येक वर्ष मे ३१ तारिखमा विश्व स्वास्थ्य संगठनको आव्हानमा यो दिवस विश्वभर मनाउने गरिन्छ।

‘सूर्तीजन्य पदार्थको विज्ञापन, प्रवद्र्धन र प्रायोजनमा रोक लगाऔं’ भन्ने नाराका साथ स्वास्थ्य तथा जनसंख्या मन्त्रालय तथा स्वास्थ्य सम्बन्धी विभिन्न संघसंस्थाले विश्व धुमपानरहित दिवस मनाउँदैछन्।
 
विश्व स्वास्थ्य संगठनका अनुसार धुमपानकै कारण विश्वमा हरेक वर्ष ६० लाख मानिसको मृत्यु हुने गरेको छ। जसमा अप्रत्यक्ष धुमपानका कारण मृत्यु हुनेको संख्या ६ लाख छ।

राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्रका निर्देशक बद्री खड्काका अनुसार नेपालमा हरेक वर्ष मृत्यु हुनेमध्ये ११ प्रतिशत संख्या धुमपानकै कारण हुने गरेको छ । यो तथ्यांक भनेको वार्षिक १६ हजार जनसंख्या हो। 

खड्काका अनुसार नेपालको कुल जनसंख्याको ३०.८ प्रतिशतले धुमपान गर्छन्। त्यसमध्ये स्मोकिंगको रुपमा रहेका (चुरोट, तमाखु जस्ता सेवन गर्ने) १८ प्रतिशत छन् भने नन स्मोकिंगको रुपमा रहेका (सुर्ती, खैनी, गुट्खा, पान जस्ता सेवन गर्ने) १७.८ प्रतिशत छन्।
 
के हुन्छ धुमपान कारण ? 
निर्देशक खड्काका अनुसार चार प्रकारका रोग मुख्यगरी धुमपानका कारण हुने गर्दछन्। धुँवारहित भन्दा धुँवासहितको धुमपानले छिट्टै रोग बढाउँछ।

सूर्तीजन्य पदार्थको सेवनले सबैभन्दा बढी हुने भनेको क्यान्सर नै हो। फोक्सोको क्यान्सर हुने विरामीमा भएको मृत्युदरमा १० जनामा ९ जनाको मृत्यु धुमपान सेवनबाटै हुने हो। त्यस्तै मुटुरोग निम्त्याउने पनि धुमपान नै हो। धुमपानले मधुमेहसमेत निम्त्याउँछ। त्यस्तै धुमपानका कारण दीर्घकालीन स्वासप्रश्वास समस्या हुने गर्दछ। 

निरुत्साहित गर्ने उपाय 
सरकारले धुमपान प्रयोगकर्तालाई निरुत्साहित गर्न थुप्रै कार्यक्रम ल्याएको छ। चेतनामुलक कार्यक्रम पनि ल्याएको छ । सार्वजनिक स्थलमा धुमपान प्रयोगमासमेत रोक लगाएको छ। 
चुरोटका बट्टामा ठूलो क्यान्सरजन्य चिन्हसमेत राख्नुपर्नेछ। तर यी सबै प्रयास प्रभावकारी देखिएका छैनन्। 

काठमाडौं उपत्यकामै खुलेआम चुरोट सेवन हुने गरेको छ। खुद्रा पसलमै विक्री वितरण हुने गरेको छ। 

राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्रका निर्देशक बद्री खड्काका अनुसार प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा अनुगमन हुने गरेको छ। तर यो केवल झारा टार्ने प्रवृत्तिमामात्र सीमित देखिएको छ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ