arrow

कान्तिबालमा मानसिक स्वास्थ्यलगायतका लागि भवन बन्दै

logo
प्रकाशित २०७४ जेठ २० शनिबार
kanti-bal.jpg

काठमाडौं । कान्ति बाल अस्पतालमा मानसिक स्वास्थ्यलगायतका सेवा दिने उद्धेश्यले छुट्टै भवन बनाइने भएको छ । 

भवन निर्माणका लागि स्वास्थ्यमन्त्री गगन थापाले शनिबार बिहान शिलान्यास गरे । कान्ति बाल अस्पतालकै परिसरमा बन्ने उक्त भवन तीन वर्षभित्र बनाउने लक्ष्य राखिएको छ । 

बालबालिकाको मानसिक स्वास्थ्यलाई विशेष ध्यान दिएर बनाउन लागिएको उक्त भवन  शिविन नेपालको सहयोगमा बनाउन लागिएको हो । 

शिलान्यासपछि बोल्दै मन्त्री थापाले यो भवन बनिसकेपछि बालबालिकाको मानसिक स्वास्थ्य उपचारमा विशेष योगदान दिनेमा विश्वस्त रहेको बताए । 

उनले अस्पताललाई विज्ञ सेवा दिने अस्पतालको रूपमा विकास गर्न नयाँ बन्ने भवनले योगदान दिने बताए ।

अस्पताल विकास समितिका अध्यक्ष सुवोध आचार्यले आम नागरिकका बालबालिकाको सहज उपचारका लागि कान्तिलाई बिकास गरिदै लगिएको बताए । उनले विस्तारित आइसियू चाँडै शुरू हुने बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ