arrow

बेइजिङ गईन सुजाता

logo
प्रकाशित २०७७ पुष १७ शुक्रबार
572097636.jpeg
काठमाण्डौ । पुर्व उपप्रधान तथा परराष्ट्रमन्त्री सुजाता कोइराला चिनको राजधानी बेइजिङ्मा हुने एशियाली राजनीतिक दलहरुको अन्तराष्ट्रिय सम्मेलन आइक्यापमा सहभागी हुन मंगलर बेइजिङ् गएकी छन् ।  आइक्याप महिला सेलकी अध्यक्षसमेत रहेकी कांग्रेस बिदेश बिभाग प्रमुख कोइरालाले बेइजिङ्मा हुने सिल्करोड क्षेत्रको बिकास, बिस्तार र सम्पर्क संजालको निमार्णका लागी निति तथा कार्यक्रम तयगर्दै एसिया, यूरोप र अमेरीकालाइ सिल्क रोड मार्फत जोड्ने योजनाका बिषयमा छलफलहुने धारणा राखिन् । 

कोइरालाले चिनका राष्ट्रपति सिजिङ् पिङ्ले आफ्नो कार्यकालमा अगाडि सारेको सिल्क रोड बिकास र बिस्तारको अवधारणा कायैन्वयन गर्नका लागी बेइजिङ्मा अन्तराष्ट्रिय सम्मेलनको आयोजना गरेको समेत स्पष्ट पारिन् । कोइरालाले भनिन्— ४० विलीयन अमेरिकन डलर सिल्क रोडको बिकास र विस्तारका लागी चिनका राष्ट्रपतिले बिनियोजन गरी महत्वपुर्ण योजना अगाडि सार्नु भएको छ । जसले दक्षिण एसिया, मध्य एसिया, यूरोप र अमेरिका को सम्पर्क संजाल निमार्ण गर्न कोसेढुङ्गा सावित हुने छ । 

नेतृ कोइरालाले उन्नाईसौ सताब्दीमा व्यापारीक मार्गको रुपमा रहेको बाटोलाइ नै सिल्क रोडको नामाकरण गरेर त्यसलाई स्तर उन्नती गर्दै व्यापार पुर्वाधारका लागी स्थल र जलमार्ग हुदै बिश्व लाइ नै जोड्ने सिल्क रोड अवधारणाको उदेश्य रहेको बताईन ।  कोइरालाले सिल्क रोडलाई तीन भागमा बिभाजन  गरिएको र जसमा साइबेरीयन सिल्क रोड जसमा रुस साइबेरीया हुदै यूरोप जोड्ने अवधारणा हो । त्यस्तै दोस्रोमा म्यारेन टाइम सिल्क रोड यसमा हिन्द महासागर हुदै यूरोप र अमेरिका जोडीने छ । र तेस्रोमा दक्षिण एसिया नेपाल, पाकिस्तान, अफगानिस्तान, तुर्किस्तान, टर्की, अरवैजन मार्फत यूरोप हुदै अमेरिका जोडने उदेश्य रहेको स्पष्ट पार्नु भयो ।

चिन नेपाल हुदै भारत जोड्ने कनेक्टीभिटिका बिषयमा पनि तृपक्षिय छलफल हुने नेतृ कोइरालाको भनाइ छ  । सिल्क रोड यूरोप संगको महत्वपुर्ण कनेक्टीभिटि भएको भन्दै कोइरालाले यसले एसियाको व्यापार र जनसम्पर्कमा ठुलो योगदान दिन सक्ने धारणा राखिन् ।

कोइरालाले जनता जनता बिचको सम्बन्ध र पब्लीक डिप्लोमेसिमा धारणा राख्ने बताउदै त्यसभित्र आर्थीक सहायता पुर्वाधार बिकास पर्यटन बिकास व्यापार विकास र सांस्कृतिक आदान प्रदान गर्दै बिश्वलाई साझा रुपमा कसरी अगाडि बढाउन सकिन्छ भन्ने विषयमा आफुले धारणा राख्ने कार्यक्रम समेत रहेको बताईन् । 

असोज २७,२८,२९ गते बेईजिङमा हुने आइक्याप सम्मेलनमा नेपालका तर्फबाट पुर्व परराष्ट्रमन्त्री सुजाता कोइराला, नारायणकाजी श्रेष्ठ लगायतका नेताहरुको सहभागीता रहने छ ।  सम्मेलनमा एसियाली राष्ट्रहरु सहित अर्फीका ल्याटिन अमेरिका, यूरोपीनय यूनियन ईरान, जापान, कोरिया लगायतका बिभिन्न उदेश्यका साथ गठन भएका राष्टहरुको क्षेत्रिय संगठन आर्थीक संघहरुले पर्यवेक्षकका रुपमा भाग लिने आइक्याप महिला सेलकी अध्यक्ष कोइरालाले जानकारी दिईन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ