- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । स्थानीय तहको दोस्रो चरणको निर्वाचन हुन अब १७ दिन मात्र बाँकी रहँदा चुनावी वातावरण बनिसकेको छैन । प्रदेश नम्बर १, २, ५ र ७ मा निर्वाचन हुनुपर्नेमा सरकारले अझै वातावरण बनाउन सकेको छैन ।
आन्दोलित राष्ट्रिय जनता पार्टी नेपाल राजपाका माग संवोधन गर्न अझै सरकार असमर्थ भएसंगै चुनाव नै हुनेमा शंका छ ।
निर्वाचनको वातावरण बनाउने र संविधान संशोधन लगायतका विषय समाधान गर्न सत्ताधारी दलहरु र राजपाका नेताहरुबीच सिंहदरबारमा छलफल भइरहेको छ ।
सिंहदरबारमा जारी छलफलले दुवै विषयमा सकारात्मक परिणाम निस्कने सहभागी एक नेताले बताए ।
यसअघि शनिबारको छलफलका क्रममा राजपाले चुनाव सार्न गरेको आग्रह सत्ताधारीले अस्वीकार गरेका थिए ।
उम्मेदवार मनोनयनको समय नजिकिदै गर्दा आइतबाररातिसम्म जसरी पनि सहमतिमा पुगिने एक नेताले बताए ।
राजपाले संविधान संशोधन नगरेसम्म चुनावमा भाग नलिने जनाएको छ । विशेष परिस्थितिमा राजपाले आफूहरुलाई पार्टीको चुनावचिन्ह दिन माग गरेका छन् ।
निर्वाचन आयोगले भने नमिल्ने बताइसकेको छ ।