arrow

एमालेसँग छलफलपछि मन्त्रीको टुंगो लगाईन्छः एमाओवादी

logo
प्रकाशित २०७६ वैशाख २५ बुधबार
1108239186.jpeg
काठमाडौँ । प्रधानमन्त्री एवम् नेकपा ९एमाले० का अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गरेपछि मात्रै एकीकृत नेकपा ९माओवादी०ले सरकारमा सहभागी गराउने मन्त्रीको टुङ्गो लगाउने भएको छ । 

एमाओवादी अध्यक्ष पुष्पकमल दाहालको निवास लाजिम्पाटमा मंगलबार बिहान बसेको पदाधिकारी बैठकले सरकारमा नयाँ तथा पुरानालाई मिलाएर पठाउने विषयमा छलफल भएको थियो । 

एमाओवादीका प्रवक्ता दीनानाथ शर्माले सरकारमा पठाउने मन्त्रीको विषयमा छलफल भएपनि एमालेसँग छलफल गरेर मात्रै अन्तिम निष्कर्ष निकालिने जानकारी दिए ।  सोमबार प्रधानमन्त्री ओलीले शपथ लिनुभएपछि एमाओवादीले कृषि विकास मन्त्रीको रुपमा हरिबोल गजुरेललाई सरकारमा सहभागी गराएको छ । एमाओवादीले गृहलगायत महत्वपूर्ण मन्त्रालय पाउने भएकाले सोहीअनुसार मन्त्री चयन गर्ने बताएको छ । 

एमालेसँगको छलफलपछि मंगलबारै अपराह्न पुनः बैठक बसेर मन्त्रीको नाम टुङ्गो लगाइने बताइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ