देशमा रेमिट्यान्स भित्र्याउने परदेशीका आ-आफ्ना पिडा 

दानबहादुर कार्की प्रकाशित मिति : २०७४ असार २० मंगलबार
दान बहादुर कार्की।

दोहा ,कतार । नेपालको अर्थ तन्त्रको ठुलो हिस्सा रेमिटेन्सले धान्दै आएको छ । दैनिक जसो कामको खोजिमा देश छाडनेको संख्या बढदो छ । रेमिटेन्ससंगै पिडा पनि दैनिक जसो भित्री रहेको छ । रेमिटेन्स भित्र्याउन परदेश जाने नौजवानका पीडा पनि आ-आफ्नो छ ।

अर्बौको रेमिटेन्ससंगै प्रतिदिन ३ वटा कफिम पनि भित्र्याउने गर्छौं हामी, यो सत्य हो । पछिल्लो समय नेपालीहरूको राम्रो श्रम गन्तव्य बनेको छ कतार । कतारमा कामका लागि चुनौति र अवसर दुबै रहेको अर्थ्याउनेहरू कमि छैन। 

केहि वर्ष यता नेपलको श्रम बेच्ने प्रमुख गन्तव्य बन्दै आएको छ कतार । यसो हुनुमा सन् २०२२ हुने विश्वकप फुटबल प्रतियोगिता आयोजना गर्ने जिम्मेवारी कतारले पाए पश्चात् प्रतियोगिताका लागि आवश्यक भौतिक संरचना लगाएतका संरचना निमाण तिव्र गतिमा पनि हो । कतारमा हुने विश्वकप फुटबल प्रतियोगिता आयोजना स्थल रंगशाला लगाायत विकास निर्माणका कारणले गर्दा यहाँ लाखौं नेपाली कामदारले कामको अवसर पाएका छन् ।

नेपाल, बंगलादेश र भारतलगायतका  विभिन्न देशबाट कामका लागि यहाँ दैनिकजसो कामको खोजिमा हजारौंको संख्यामा कतार भित्रीने गर्छन । यहाँ नेपालको उपस्थित हेर्ने हो भने जम्मा प्रतिशतको १३।५० ९अर्थात ३ लाख ५० हजार  छ । यो बैधानिक तवरबाट आउनेको संख्या हो । तर यहाँ ५ लाख भन्दा धेरै नेपाली कार्यरत रहेको अनुमान गरिन्छ ।० जहाँ यहाका स्थानीय कतारीहरूको जनसंख्या १२ प्रतिशत छ ।

अर्थ आर्जनका लागि झोला बोकेर विदेशीने सबैले सोचे अनुरूप गर्छन् भन्ने छैन । धेरैले समय, पैसा र घरपरिवारको महत्त्व परदेश आय पछि बुझ्ने गर्छन । केहिले  सयम पैसा र घर परिवार बुझेर समयको सदुपयोग गर्छन । केहि पैसा लिएर घरफिर्ती हुन्छन त केहि सिकेर फिर्ती हुन्छ । वैदेशिक रोजगारिमा आउनेको पनि बुझाई र वाध्यता फरक फरक छ ।

देशमा बढदो बैरोजगारी नयाँ कलकारखाना उद्योग नखुल्नु योग्यता क्षेमता अनुसारको काम नपाउनु हो  मुस्किलले काम पाए पनि पाउने पारिक्श्रमिक टार्कन मुस्किल पर्छ भन्नु हुन्छ एक दशक देखि वैदेशिक रोजगारमा रहनु भएका तेह्रथुम जिल्ला लालिगुरास नगरपालिकाका, सोल्माका सोम बहादुर लिम्बू । ूमध्य वर्गिय परिवारमा हुर्केको नौजवान संग स्वदेशमा नै बस्ने र काम गर्ने अवसर नभएको हैन छ । जसले आफ्नो हात मुख जोर्न मात्रै पुग्छ ।ू 

उमेर डल्दै गएका माता पिताको आस छर(छिमेकीका जस्तै राजधानीमा महल भौतिक सुख सुविधामा रमाउने सपना पूरा गर्न भए पनि युवाहरू विदेशीने गरेको लिम्बु बताउनु हुन्छ । पाँच परिवारको रेख देख गर्ने जिम्मेवारी बोकेका लिम्बु तल्लो मध्य वर्गीय परिवारको समस्याको अस्थायी समाधान बैदेशिक रोजगार भएको ठान्नु हुन्छ । 

वर्षै पिच्छे उच्च शिक्षा हासिल गरेर निस्कने युवालाई राज्यले व्यवस्थापन गर्न सकेको छैन । जब सम्म राज्यले युवामाथि लगानि गर्दैन तब सम्म यो डोरी लाहुरे हुने प्रचलन चलि रहन्छ । युवा केन्द्रित योजना ल्याउन ढिलो भएको छ । हरेक नौजवानको योजना हेरेर सरकारले लगानि नगरे सम्म २० वर्षे युवा विदेशि भुमिमा पसिना चुहाउन बाध्य हुन्ने ठहर छ  लिम्बूको ।

शिक्षामा पनि अपूर्ण सिपमा पनि अपूर्ण भएका सोझा र ईमानदारीका राज्य र समाजले कहिले कामको  सम्मान हुने ठाउँ नदिएको गुनासो गर्ने संख्या कम छैन । वैदेशिक रोजगारीको बैकल्पिक उपाए खोजिनु पर्छ भन्ने आवाज नउठेको हैन । युवालाई स्वदेशमा नै काम गर्ने वातावरण बनाउने ओठे गफ सेमिनार भाषामा सिमित गरिएको आरोप लगाउनु हुन्छ लिम्बू । पहुँचवाहरू युवाका मुद्दा डलर संग साट्ने गर्छन जबसम्म राज्य र सरोकारवालाहरू यो बहस सहतमा ल्याउदैनन् तब सम्म कोठे भाषा र सेमिनारले युवा पलायन रोक्न नसक्ने ठहर छ लिम्बूको ।

प्राचीन मिथिलाको राजधानी जनकपुरधाममा एक दशक भन्दा बढि समय सम्म पत्रकारिता गर्नु भएका ध्रुब कुमार झा धनुषा र महोतरी जिल्लाको एक परिचित नाम हो । पछिल्लो समय सूचनाको हकमा समेत सकृय रहनु भएका झाले स्थानीय तहमा ५ सय भन्दा बढी सूचना माग्ग गर्नु भएको थियो । पत्रकारितासंगै सरकारी कार्यालयसंग सार्वजनिक सरोकारका विषयका सूचना माग गर्दै पारदर्शिताको अभियानमा समेत झा अग्रणी मोर्चामा हुनुहुन्थ्यो । 

कलम  र अभियानले मान सम्मान प्रतिष्ठा कमाउनुको साथै इमानदारिले अर्थ आर्जन पनि अनिवार्य रहेछ भन्ने लागेर दुई वर्ष पहिले कतार हानिनु भएका झाको अनुभव छ ।

पत्रकारिता र सुचनाको हकको अभियन्ताको रुपमा काम गर्दा गर्दै कत्ती खेर ऋणको भारी बोकियो थाहै पाइन । भविष्यको निम्ती चाहिने पैसो कमाउने मेसोको उपाय त परै जाओस  घर खर्च टार्न समेत धौ धौ परेपछि बिदेशिए । ऋण कटाएर यसो दुई पैसा पुंजि बनाइ आफ्नो स्वरोजगार तिर लाग्ने र देशकै सेवा गर्ने सोंचले नै बिदेशिएको स्पष्टोति दिनु हुन्छ ध्रुब कुमार झा ।

कमल र अभियान मार्फत मान सम्मान प्रतिस्ठा हासिल गरे संगै अर्थ पनि आर्जन गर्नु पर्ने रहेछ भन्ने लागेर दुई वर्ष पहिले कतार हानिएको हु भन्नू हुन्छ । 

बिदेश आउने बित्तिक्कै केके गर्न सकिएला भन्ने कुरो दिवाश्वप्न  र कल्पना मात्र हुंदोरछ । यहा सोचेको जस्तो न त काम नै पाइन्छ न त पैसा नै बचत हुन्छ । साहुबाट ब्याजमा लिएर आएको ऋण र घरवारको समस्या टार्दा टार्दै बर्ष बितेको पत्तो हुंदोरहेनछ । आफ्नो देश छोडेर प्लेनमा बसेर गरिने सपै कुरो मिथ्या साबित हुनेगरेको छ । कोरा कल्पना सरह ।

वैदेशिक रोजगारीमा नकारात्मक पक्ष मात्रै हुन्छ भन्ने पनि होइन । कतार आए देखि दैनिक जीवनमा हर एक प्रोफेसनलमा हुनुपर्ने गुणहरु जस्तै बिहान समयमा उठनु देखिन राती सुत्दा सम्ममा पालना गर्नै पर्ने नित्यकर्म देखि अनुशासन समेत सिक्ने अवसर प्राप्त गरिन्छ । 

आफ्नो घरमा हुंदा गाउँ समाजको कुनै मतलबै नगरी रन्थिएर हिड्नु , रक्सी खानु , मन्मौजी रुपमा समय खेर फल्ने लगायतको कुरामा आमूल परिवर्तन हुने गरेको छ । समग्रमा भन्नू पर्दा एक्लै कसरी जीवन बांच्न सकिन्छू झालाई वैदेशिक रोजगारीले सिकाएको अनुभुती गर्नु हुन्छ ।

बिदेश आउन चाहनेलाइ व्यवसायिक सीप तालिम खास गरि होटेल , मार्केटिङ आदि इत्यादिको दक्ष भइ मात्र बिदेश आए कम समयमा राम्रो उन्नती गर्न सकिन्छ । तर बिदेश मात्र रोजगारिको बिकल्प होइन । यहाँ जस्तो आत्मानुशासनमा बसेर अफ्नै भुमिमा पसिना बगाउन सके उन्नति असम्भव छैन ।

आफ्नै पेशा पत्रकारिता र सूचनाको हककै निम्ति काम गर्ने भन्नेमा प्रतिबद्ध छु । तर अब मलाइ यस क्षेत्रमा फेरि पनि आर्थिक रुपमा सम्स्या देखा परे पायक पर्ने हिसाबले गाउमा गएर बाख्रा,गाई र भैंसी पालन तिर पसिना बगाउने योजना झाको छ । १२ घन्टा काम गर्छु भनेर विदेश जान चाहना राख्ने नौ जवानहरूलाइ आफ्नै काम गर्न प्रेरित गर्ने योजना छ ।

बिदेश आउन चाहने युवकहरुको लागि सरकारले सब भन्दा पहिले बेसिक तलबमा (सुरूवातिको पारिश्रमिक) बढाउनको निम्ति पहल थाल्नु अत्यन्त आवश्यक छ । दोश्रो कुरो सरकारी तवरबाटै निशुल्क या कम शुल्कमा भए पनि सीपमुलक तालिमको ब्यवस्थापन गर्नुपर्‍यो । तेश्रो कुरो कृषि सम्बन्धी तालिमको व्यव्स्था गरेर बढी भन्दा बढी युवाहरुलाई बिदेश भन्दा देशमै राम्रो गर्न सकिन्छ भन्नेतर्फ जागरुक गराउन सरकारि गैरसकारी संघ संस्था मार्फत जागरुकता अभियान संचालन गर्नु पर्न आवश्यकता देखिन्छ ।

अर्कोतर्फ वैदेशिक रोजगारीमा रहेका मध्यबाट आधा जसोले ध्रुब कुमार झाले भने जस्तो स्वदेशमा कामको सृजना गरि आफु र आफ्नालाई काम दिने वातावरण बनाउने मात्रै हो भने पनि देश विकास हुन धेरै समय लाग्दैन । 

सबै जसो नेता र मन्त्रीहरू भाषणमा घाँटी सुक्ने गरि भन्छन देश रेमिटेन्सले धानेको छ किन भन्दैनन् रेमिटेन्स भित्र्याउन भएका नौजवनका पीडा रु अर्बको रेमिटेन्स संगै प्रतिदिन ३ वटा कफिम पनि भित्र्याउने गर्छौं हामी, यो सत्य हो ।रेमिटेन्सका नाममा गरिने प्रवचन समय कुनै सृजनसिल काममा लगाउने संस्कृतको विकास जरुरी छ ।

नयाँ