- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ । चिकित्सा क्षेत्र सुधारका ठोस माग राखेर आफूले बारम्बार सरकारको ध्यानाकर्षण गरे पनि सुनुवाइ नभएको भन्दै डा गोविन्द केसीले फेरि अनशनको घोषणा गरेका छन् ।
डा केसीले विज्ञप्ति जारी गर्दै आफूले माग पूरा गर्न सरकारलाई असार ३१ गतेसम्मको समयसीमा दिए पनि पूरा नभएको भन्दै साउन ९ गतेदेखि अनशन बस्ने घोषणा गरेका हुन् ।
तत्काल माथेमा आयोगको प्रतिवेदनअनुरुप सुझावसहित चिकित्सा शिक्षा ऐन पारित गर्नुपर्ने, चिकित्सा शिक्षा क्षेत्रमा भएका अनियमितता रोक्नुपर्ने, आइओएमलाई स्वायत्तता दिनुपर्ने, सरकारी निर्देशन र अदालतको आदेश अटेरी गर्ने मेडिकल कलेजको सम्बन्धन खारेज गर्नुपर्ने लगायतका माग डा केसीले राखेका छन् ।
विगतमा झैँ यसपल्ट पनि नागरिकको हरेक तह र तप्काबाट सद्भाव, सहयोग र सहभागिता हुने उनले विश्वास व्यक्त गरोक छन् । रासस