arrow

थ्रीस्टार राष्ट्रिय लिगको उपाधि नजिक, सशस्त्रले शीर्ष तीनको सम्भावना गुमायो

logo
प्रकाशित २०७६ वैशाख २५ बुधबार
340035429.jpeg

काठमाडौं । ललितपुरको थ्रीस्टार क्लव रेडबुल राष्ट्रिय लिग फुटबल प्रतियोगिताको उपाधि नजिक पुगेको छ । मंगलबार १५ औं खेलमा सशस्त्र प्रहरी बललाई ३–१ ले हराउँदै थ्रीस्टार उपाधि नजिक पुगेको हो । शीर्ष स्थानमा पुगेको थ्रीस्टारको ३२ अंक छ ।

ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा भएको खेलमा थ्रीस्टारलाई जिताउन नाइजेरियन खेलाडी ओलावालेले दुई गोल गरे । यस्तै विजय गुरुङ्गले एक गोल पथे । सशस्त्रका लागि गणेश लावतीले एक गोल फर्काए ।

१५ खेलबाट २३ अंक बटुलेको सशस्त्रको शीर्ष तीनमा पर्ने सम्भावना समेत समाप्त भएको छ । लिगमा १५ खेलबाट ३० अंक जोडेको त्रिभुवन आर्मी दोस्रो स्थानमा छ भने १४ खेलबाट २८ अंक जोडेको मनाङ् मस्र्याङ्दी तेस्रो स्थानमा छ ।

लिगमा बुधबार मनाङ्ग मस्र्याङ्दी क्लव र नेपाल पुलिस क्लव भिड्दै छन् । मनाङ्गले यो खेल जिते उपाधि दावेदारी कायमै रहने छ भने अनपेक्षित परिणामले थ्रीस्टार र आर्मीलाई फाइदा हुनेछ ।

१३ अंक मात्रै बटुलेको पुलिसको अघिल्लो चरण प्रवेशको यात्रामा दुई खेलअघि पूर्ण विराम लागिसकेको छ । खराव लय छोड्न नसकेको पुलिस सातौं स्थानमा खुम्चिएको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ