arrow

उजुरी गर्दा ख्याल गरौ है अवदेखि

logo
प्रकाशित २०७२ पुष २५ शनिबार
adalata-danda.jpg.jpeg
काठमाडौं । कसैले दुःख दिने तथा कसैलाई हानि नोक्सानी पुर्‍याउने गरी झुटा उजुरी गरेमा अब उजुरीकर्ताले क्षतिपूर्ति तिर्नुपर्ने भएको छ । 
 
झुटा उजुरी दिएको ठहरेमा अदालतको आदेशानुसार उजुरीकर्ताले पीडितलाई क्षतिपूर्ति दिनुपर्नेछ । नेपालमा उजुरीकर्ताले क्षतिपूर्ति तिर्नुपर्ने प्रावधान प्रस्ताविक भएको यो पहिलो पटक हो ।
 
झुटा उजुर गर्ने र अदालतमा बयान बदल्नेसमेत प्रचलनलाई न्यूनिकरण गर्न भन्दै सरकारले यस्तो सजायको प्रस्ताव गरेको छ ।
 
गोरखापत्र दैनिकमा खबर छ - मुलुकी एन अदालती बन्दोबस्त महलमा अहिले बयान बदलेको अवस्थामा निवेदकलाई बढीमा तीन वर्षसम्म कैदको व्यवस्था भए पनि उजुरीकर्ताको हकमा भने कारबाहीको कुनै पनि कानुनी व्यवस्था छैन ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ