arrow

एनआएन पोल्याण्डको नेतृत्व गोपाल राईलाई, टिम सर्वसम्मत चयन 

logo
प्रकाशित २०७४ साउन ३१ मंगलबार
nrn-portugal.jpg

वासा । एनआएन पोल्याण्डको चौथो अधिबेशनले गोपाल राईलाई अध्यक्षमा सर्वसम्मत निर्वाचित गरेको छ । 

सोमबार भएको अधिवेशनले उपाध्यक्षहरूमा नरेश सापकोटालगायत दुई जना, महासचिवमा श्रीकृष्ण न्यौपाने, सचिव, कोषाध्यक्षमा खेमबहादुर खड्डका, आईसिसि  प्रतिनिधिमा डा बोधराज सुबेदी , महिला प्रतिनिधिलाई सर्वसम्मत निर्वाचित गरेको छ ।

युवा सयोजक र सदस्यहरूमा चतुर तामाङ, दोजे लामा, माया गुरूङ निर्वाचित भएका छन् ।

केन्द्रीय प्रतिनिधि तथा तथा प्रमुख अतिथिमा एनआएन पोर्चुगलका अध्यक्षको उपस्थितिमा भएको कार्यक्रममा डा बोधराज सुवेदी, डा यलिना सुवेदी लगायतले बोलेका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ