arrow

नेपाल–भारत ग्यास पाइपलाइनको अध्ययन हुँदै, अध्ययन टोली अमलेखगन्जमा

logo
प्रकाशित २०७४ भदौ ९ शुक्रबार
gas-pipeline.jpeg

काठमाडौं । भारतको मोतिहारीबाट चितवनसम्म ग्यासको पाइपलाइन ओछ्याउने विषयमा शुक्रबारदेखि दुई मुलुकको प्राविधिक टोली संयुक्त रुपमा पहिलो चरणको अध्ययन सुरु गर्दैछन् ।

आइओसीको दिल्लीबाट दुई, पटनाबाट एक र मोतिहारीस्थित युनिट कार्यालयबाट एक गरी चार सदस्यीय टोली ग्यास पाइपलाइन अध्ययन गर्न अमलेखगन्ज आइपुगेका छन् ।

मोतिहारीबाट ल्याइने पेट्रोलियम र ग्यासको पाइपलाइन सडकको दायाँ र बायाँ ओछ्याउने विषयमा पहिलो चरणको सम्भाव्यता अध्ययन गर्न टोली आएको हो । 

मोतिहारीदेखि चितवनसम्म ग्यासको पाइपलाइनको दुरी एक सय ३० किलोमिटर हुनेछ । (अन्नपूर्ण पोष्ट दैनिक)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ