arrow

एमाले–माओवादीको अभिष्ट पूरा भइसक्यो, अब ती कम्युनिष्ट रहेनन् (अन्तर्वार्ता) 

‘नेपालमा फेरि विद्रोह हुन्छ’ 

logo
प्रकाशित २०७४ असोज २७ शुक्रबार
CP-gajerel-new.jpeg

मोहन वैद्य नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी क्रान्तिकारी माओवादीको पहिलो राष्ट्रिय सम्मेलनले  याँ कार्यदिशा पारित गरेको छ । पाँच दिनसम्म चलेको सम्मेलनको बन्दसत्रमा प्रतिनिधिहरूले समूहगत छलफलका क्रममा निर्वाचन बहिष्कार गर्दै सशस्त्र क्रान्तिको आधार तयार गर्दै जनयुद्धको कार्यदिशा तय गर्न आवाज उठाएका थिए । राष्ट्रिय सम्मेलनले जनयुद्धको कार्यदिशा पारित गरेको छ । सम्मेलनले सशस्त्र जनविद्रोहको कार्यदिशालाई समेत पारित गरेको बताइँदै छ । सम्मेलनले सशस्त्र जनयुद्धको जगमा टेक्दै फौजी कार्यदिशा पारित गरेको पनि भनिएको छ । साँच्चै कुन कार्यदिशामा जान खोजेको हो क्रान्तिकारी माओवादी ? निर्वाचनमा जान्छ कि जाँदैन ? हामीले यसै विषयमा क्रान्तिकारी माओवादीका नेता सीपी गजुरेलसँग कुरा गरेका छौँ ।

अब तपाईलाई उपाध्यक्ष भन्न मिलेन हो ?
–मिलेन । अब उपाध्यक्ष भन्ने होइन । किन भने हाम्रो पार्टीको नयाँ विधान पारित भएको छ । नयाँ विधान अनुसार हामी अब बहुपलीय प्रणाली छोडेर महासचिवको नेतृत्व रहने विधि रोजेका छौँ । त्यस कारण अब हाम्रो पार्टीमा उपाध्यक्ष भन्ने हुँदैन । 

अब मोहन वैद्यलाई महासचिव भन्ने हो ? 
–हो । अहिलेलाई उहाँ नै महासचिव हो । 

अनि यस्तो किन गर्नु भा ? 
–बहुपदीय हुँदा क्रान्तिको तयारी गर्न सकिँदैन । क्रान्ति अझै पूरा भएको अवस्था छैन । त्यसैले बहुपदीय प्रणाली व्यवहारिक हुँदैन र एकल नेतृत्व सहज हुन्छ कि भन्ने लागेर यस्तो गरिएको हो । 

तपाईहरुलाई बहुपद फापेन ?
–बहुवदीय भन्दा एकल नेतृत्व नै ठिक हुन्छ । महासचिवकै नेतृत्व सहज हुन्छ जस्तो लागेर यो निर्णय गरिएको हो । हामीले पहिले पनि त्यही अभ्यास गर्दै आएका हौँ । बिचमा अध्यक्ष प्रणाली लागू गरियो । हाम्रो लागि बढी व्यवहारिक महासचिव नेतृत्वकै प्रणाली नै हुँदो रहेछ भन्ने ठहर गरेर यस्तो गरिएको हो । 

यस्तो किन गर्नु भा त, आफुलाई बढी कम्युनिष्ट देखाउन खोज्या कि ? के भन्न खोज्या ? 
–कम्युनिष्ट देखाउन खोज्ने भन्दा पनि नेपालमा धेरै जसो कम्युनिष्ट पार्टी महासचिवकै नेतृत्वमा चलेका छन् । जे प्रणाली अहिलेसम्म लागू गरिराखेका छन् हामीले पनि त्यही गर्न लागेका हौँ । वास्तवमा हामीले अभ्यास गर्दै आएको प्रणाली नै यही हो । हामीलाई देखाउनु नै किन पर्यो र ? गरेर देखाउँदा राम्रो हुन्छ, नाम राखेर देखाएर त के अर्थ हुन्छ र ? 

तर, लामो समय महासचिवकै नेतृत्वमा चलेको एमाले, तपाईहरु पहिले रहेको माओवादी पनि बहुपदीयमै आयो । जो अहिले ठूला दल छन् । कसरी सबै त्यही प्रणालीमा छन् र ? 
–बहुपदीयमा एमाले आउनु र माओवादी केन्द्र आउनु स्वभाविक हो नि । उनीहरुको त लक्ष्य पूरा भइसक्यो नि त । उनीहरुकै भनाई अनुसार जो लक्ष्य हासिल गर्नु पर्ने हो । त्यो भइसक्यो । सबै कुरो प्राप्त भइसक्यो । संसदीय व्यवस्थामा जाने मन्त्री बन्ने, प्रधानमन्त्री बन्ने, सत्ताको प्रयोग गर्ने, धन कमाउने, विदेश घुम्ने, यो सबै कुराको बाटो खुलिसक्यो । उनीहरुको लागि अध्यक्ष प्रणाली ठिकै हो । हामीले भनिरहेको नेपालमा नयाँ जनवादी क्रान्ति पूरा भएकै छैन । त्यो क्रान्ति नै पूरा गर्न बाँकी नै छ । 

तपाईहरु सँधैभरी यसरी नै बस्ने कि मूलधारमा आउने ? 
–मूलधार भनेको के हो र ? हामी त के ठान्छौँ भने, क्रान्तिकारी मूलधार भनेकै हाम्रो हो । मूलधार भनेर तपाईले भन्न खोज्नु भा कसलाई ? एमाले र माओवादीको गठबन्धनलाई मूलधार भन्ने हो भने त्यो कम्युनिष्ट क्रान्तिको विरोधी दक्षिणपन्थीहरुको प्रतिक्रियावादीहरुको धार हो । प्रतिक्रियावादी धार कम्युनिष्टहरुको मूलधार कहिल्यै हूँदैन । 

उहाँहरुले त वाम ध्रुवीकरण भयो भनिरहनु भएको छ ? त्यसो चैँ होइन ? 
–त्यो वाम ध्रुवीकरण होइन दक्षिणपन्थी ध्रुवीकरण । वामको विपरीत ध्रुवीकरण हो । नाम वाम दिएपनि त्यो दक्षिणपन्थी ध्रुवीरकण हो । त्यसलाई त्यही रुपमै लिनु पर्छ । हुन त प्रचार वाम वाम भनेरै गरिएको छ । तर, त्यो एउटा प्रतिक्रियावादीहरुको गठबन्धन हो । 

अब तपाईहरुको कार्यदिशा के, जनयुद्ध कि जनविद्रोह ? 
–हाम्रो कार्यदिशा । दुवै हुनुपर्छ भन्ने मान्यता रहँदै आएको हो । अहिले हामीले भनेको जनविद्रो र जनयुद्ध विश्व कम्युनिष्ट आन्दोलनमा हासिल गरेको उपलब्धि हो । सर्वहारा वर्गले हासिल गरेको ठूलो उपलब्धि यही हो । यो दुवैलाई नेपाली क्रान्तिमा आवश्यकता अनुसार प्रयोग गर्नु पर्छ भन्ने हाम्रो मान्यता हो । एउटा सेटको पछाडि लागेर हिड्ने भन्ने हुँदैन । एउटा परिस्थितिमा रुसमा क्रान्ति सफल भयो । रुसको क्रान्तिको सेट जस्ताको त्यस्तै लागू गरेर पनि हुँदैन । चिनमा एउटा परिस्थितिमा चिनियाँ क्रान्ति सफल भयो । त्यो पनि जस्ताको त्यस्तै नेपालमा लागू हुँदैन । नेपालमा लागू हुने कुन–कुन हुन भन्ने कुरा हामीले राम्रोसँग अध्ययन गरेर त्यस अनुसार कार्यदिशा तय गर्छौँ । त्यस कारण दुवै कार्यदिशालाई हामीले आवश्यकता अनुसार अवलम्बन गर्नपर्छ । 

तपाईहरुले चुनावको क्रान्तिकारी उपयोग गर्ने भन्नु भा थ्यो नि, तर, सम्मेलनमा चुनाव बहिस्कार गर्नुपर्छ भन्ने आवाज पनि उठ्यो, निर्णय के भयो ? 
–एउटा छलफल त्यो पनि चलेको थियो । प्रतिक्रियावादी सत्ताले सबै ढोका बन्द गरेर, पैसाको खोलो बगाएर, सत्ताको दुरुपयोग गरेर, भ्रष्टाचार गरेका र तस्करी गरेका पैसा चुनावमा प्रयोग गरेर चुनाव लडिरहेको छन् । हामी प्रस्तिपर्धा गर्न सक्दैनौँ । त्यसले अर्थ हुँदैन भन्ने आवाज उठेको हो । थ्रेस होल्ड राखेर साना पार्टीलाई संसदभित्र छिर्न नदिने काम गरिएको छ । यस्तो अवस्थामा किन उपयोग गर्न जाने भन्ने कुराहरु आएका हुन् । वहिस्कार ठिक छ भन्ने विषय उठ्यो । अन्तिममा हामी छलफल गर्दै गएर त्यो सबै कुराहरु सही नै हो । तर, अहिले बहिस्कार गरेर क्रान्तिको तयारी गर्न त्यति सजिलो छैन । आत्म बल त्यति वलियो भएको छैन । त्यसैले बहिस्कारको नीति नलिऔँ र अहिले उपयोग गरेरै तयारीमा जाऔँ भन्ने निर्णय गरेका छौँ । 

पार्टीको नाम के हुन्छ, पार्टीको नाम अगाडि क्रान्तिकारी फुर्को नलाउने भन्ने कुरा पनि आयो नि ? 
–पार्टीको नाम त्यही नै रहन्छ । नेपाल कम्युनिष्ट पार्टी क्रान्तिकारी माओवादी  । 

अनि क्रान्तिकारी फुर्को किन हटाउने भनेको त ? 
–क्रान्तिकारी किन राखिरहने । माओवादी भन्नेवित्तिकै त्यसै क्रान्तिकारी हुन्छ भन्ने एउटा तर्क । अर्को हामीले गरेको जनयुद्धले जुन सफलता लियो त्यो सबै गर्दा हाम्रो पार्टीको नाम नेकपा माओवादी नै थियो । अरु सबैले त्यो छोडिहाले । त्यसकारण त्यो ऐतिहासिक नामलाई हामीले लिएर हिँडौँ न भन्ने कुरा आयो । विरासत पनि हामीले नै अगाडि बढाउने हो । त्यो नामलाई हामीले नै सदुपयोग गरौँ भन्ने हिसाबले सबैले त्यही नाम राख्न जोड गर्नु भयो । कतिपय साथीहरुले उठाउनु भएको थियो । क्रान्तिकारी शब्द किन चाहियो भनेर । एकातिर पार्टी एकाताको सन्देश पनि दिनै पर्ने भो । एकाताको भाव समेत झल्काउन अहिलेलाई क्रान्तिकारी माओवादी नै राखौँ भन्ने निष्कर्षमा हामी पुग्यौँ । 

उसो भए, माओवादी भन्ने शब्द अब तपाईहरुसँग मात्रै रहयो ? 
–माओवादी भन्ने सबैले छोडिहाले नि । विस्तारै त माओवाद पनि छोड्छन् । अहिले गठबन्धन गर्नेहरुले त छोड्नै पर्छ । किन भने तिनका मालिकहरुले छोड्देउ भनिहाल्छन् । किन राखेको राख्न हुँदैन भनिदिएपछि यिनिहरुले छोड्छन् । कहिलेबाट छोड्छन् त्यो थाहा छैन । विरासत अघि बढाउने हामीले नै हो । इतिहासले हामीलाई नै दिएको छ । त्यो कुरा सत्य हो । 

अनि नि,, विप्लवसँग एकता हुन्छ भनेर हल्ला मात्रै चल्यो धेरै समय । के हुन्छ ?   
–उहाँहरुसँग अहिले हाम्रो कार्यगत एकता त भइरहेकै छ । सम्मेलनमा पनि हामीले उहाँहरुलाई बोलाएका थियौँ । पार्टी एकताको प्रक्रिया तपाईहरुले नै बढाउनु पर्छ भनेर उहाँहरले भन्नु भएको छ । कार्यगत एकता जारी छ । अब कतिपय राजनीतिक वैचारिक भिन्नताहरु छन् । त्यो मिल्यो भने हामी कुनै पूर्वाग्रह नराखि पार्टी एकता पनि गर्नु पर्छ । विचार राजनीति नै नमिलेर त पार्टी एकता हुँदैन । 

अहिले जनयुद्धको कार्यदिशा र सशस्त्र जनविद्रोहको कार्यदिशा दुईटा यही हैन पारित भएको ? 
–अहिले हामीले मूख्यतः भनेको जनविद्रोह हो । भोलि जनविद्रोहकै कार्यनीति बढी लागु हुन्छ । तर, जनयुद्धका विशेषता छोडेर रुसमा लेलिनहरुले लागू गरेकै जस्तो सशस्त्र विद्रोहको कार्यदिशा यहाँ लागू हुँदैन । त्यँहा मजदुर मूख्य शक्ति थियो । सेनामा विद्रोह भएको थियो । विभिन्न परिस्थितिमा लेलिनहरुले त्यसलाई लागू गरे । हाम्रो यहाँ त्यस्तो परिस्थिति छैन । परिस्थिति एउटा र कार्यदिशा अर्को नक्कल गरेर हुँदैन । त्यसैले हामीले हाम्रै खालको जनविद्रोह गर्छौँ । नेपालको विशेषता अनुसार नै हुन्छ यो जनविद्रोह । 

विप्लव नेतृत्वको नेपाले एकिकृत जनक्रान्ति भनिरहेको छ, तपाईहरुको र यो एकिकृत क्रान्तिमा के फरक छ ? 
–उहाँहरुको एकीकृत क्रान्ति भन्ने छ । मतभेदको ठूलो एउटा विषय त्यो पनि हो । एकिकृत क्रान्ति भन्ने कुनै कार्यदिशा नै हुँदैन । त्यस्तो खालको कार्यदिशा ल्याएर उट्पट्याङ गरेर हुँदैन । कार्यदिशा स्पष्ट हुनुपर्छ भन्ने हो । उहाँहरुको कार्यदिशामा हाम्रो मतभेद हो । त्यो हुनुहुँदैन भन्ने हो हाम्रो धारणा । 

उहाँहरुले त्यो छोडेर आउनु पर्‍याे तपाईहरुसँग आउँदा ? 
–त्यो विषयमा हाम्रो बहस चलिरहेकै छ । 

अहिले जनविद्रोह गर्ने भन्नु भो तपाईहरुले, अझै झगडा गर्न पुगेको छैन ? अनि, अहिलेको संविधानले जनतालाई अधिकार सम्पन्न बनाउँदैन भन्ने तपाइँहरुको तर्क हो ? 
– हो । एकदमै संघर्ष जारी छ । संविधानलाई त खारेज गरेर नयाँ जनवादी व्यवस्था ल्याउनु पर्छ । त्यही प्रकारको संविधान बनाउनु पर्छ । यो त पश्चगामी संविधान न हो । प्रतिक्रियावादीहरुको संविधान हो । 

जनवादी संविधान कसरी बन्ला त उसो भए ? 
–जनवादी संविधान जारी गर्न । फेरि क्रान्तिकारी आन्दोलनलाई अघि बढाउनु पर्छ अनि मात्रै बन्दछ । उनीहरुसँग सल्लाह गरेर, वार्ता गरेर बन्दैन । 

अब तपाईहरु के गर्नु हुन्छ ? 
–अब हामीले विद्रोह नै गरिहाल्ने तयारी पुगेको छैन । त्यो शक्ति हामीहरुसँग छैन । आत्मबल नभएको अवस्था वास्तविक हो । त्यो शक्ति तयार गर्नु पर्छ । जनविद्रोह सम्भव छ फेरि नेपालमा । 

कसरी सम्भव छ जनविद्रोह ? 
–सम्भव छ । एक दम सम्भव छ । 

साँच्चै भन्दैहुनुहुन्छ तपाई ? 
–देख्नु होला । नेपलामा फेरि अर्को विद्रोह उठ्छ अब । त्यसको आधारहरु तयार हुँदै गएको छ । किन भने प्रतिक्रियावादी र पश्चगामी राजनीतिले भ्रम दिएको छ । लौ अब क्रान्ति पूरा भयो । सबै कुरा आइसक्यो । भनिदिएको भरमा हुनेवाला छैन । व्यवहारमा त केही पनि आएको छैन । कतिपय अवस्थामा त पहिलेको भन्दा जटिलता छ । पहिले भन्दा बढी पश्चगमन भइरहेको छ । केही दुई चार जनाको समूहले फाइदा उठायो भन्दैमा नेपाली जनताको समर्थन लिन सक्दैनन् । के के न हुन्छ भनेर चुनाव गराए केही पनि भएको छैन । त्यसकारण नेपालमा विद्रोह हुन्छ । नेपाली जनता फेरि उठ्छन् । त्यसको विकल्प छैन । 

२० वर्षपछि स्थानीय चुनाव भयो, संविधान कार्यान्वयनको बाटोमा छ, नागरिकले अब संक्रमणकालीन परिस्थितिको अन्त्य हुन्छ भन्ने बुझिराखेका छन् भन्ने त मान्नु हुन्छ नि हैन ? कि यसमा पनि शंका छ ? 
–यो संक्रमणकाल त अन्त्य भयो । तर, त्यसको कसरी अन्त्य भयो भने झन प्रतिक्रियावादीकरण भएर अन्त्य भयो । संक्रमणको अन्त्य प्रगतिशील तवरले हुनु पर्दथ्यो । अग्रगामी तरिकाले हुनु पर्दथ्यो । पश्चगामी र प्रतिक्रियावादी तरिकाले अन्त्य भयो । त्यसले गर्दा यसले अर्को विद्रोह निम्त्याउँछ । निम्त्याउँछ । त्यसको आवश्यकता महसुस गराउँछ । २० वर्षपछि चुनाव भएर के चैँ भयो ? नहुँदा के थियो । अहिले भएपछि के भयो ? नेपालीको आर्थिक र सांस्कृतिक जीवनमा के परिवर्तन आयो । वेरोजगारी, राष्ट्रिय स्वाधीनताको प्रश्नमा के प्रगति भएको छ । ट्याक्स थपिएको छ, महंगी बढेको छ, भ्रष्टाचार बढेको छ, संस्थागत भएको छ । मात्रा बढेर भ्रष्टाचार चुलिएको छ । यही हो प्रगति ? यही खोजेका थिए नेपाली जनताले ? यो सब वकवास हो । व्यवहारले यो कुराको पुष्टी गरेको छ । कि यो भ्रष्टाचार तन्त्रबाट यो देश लामो समयसम्म चल्न सक्दैन ।



नयाँ