- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
एजेन्सी । पछिल्लो समय ठुला पर्दाका सुपरस्टारहरु सानो पर्दामा आ-आफ्ना रियालिटि शो लिएर आएका छन् । उक्त सुपरस्टारको सुचीमा अमिताभ बच्चन, सलमान खान, अक्षय कुमार जस्ता ठुला सुपरस्टारहरु रहेका छन् ।
अमिताभ बच्चन गेम शो 'कोन बनेगा करोडपति ९' (केबीसी) मा छन् भने दबंग स्टार सलमान खान विवादित शो 'बिग बोस ११' मा । त्यस्तै बलिउड बक्स अफिसका हिरो अक्षय कुमार कमेडि शो 'द ग्रेट इन्डियन लाफ्टर च्यालेन्ज' मा रहेका छन् । तर यी तीन अभिनेताहरु मध्ये टेलिभिजन रेटिङ्स पोइन्ट (टिआरपी) मा अमिताभले सलमान र अक्षयलाई पछि छोडेका छन् । उनको टिभि शो 'कोन बनेगा करोडपति ९' टिआरपीको मामिलामा सबै भन्दा माथि रहेको छ ।
अमिताभ बच्चनको शो केबीसी अघिल्लो हफ्तादेखी टिआरपीमा टप बनेको हो । सलमान खान र अक्षय कुमार जस्ता सुपरस्टारका शो आएपछि केबीसीमा असर पर्ने आशंका गरिएको भएपनि सुटिङको ४० औँ हफ्तामा केबीसीको रेटिङ अव्वल साबित भएको छ । शोको औसत शहरी मूल्याङ्कन ३.७ रहेको छ । सोमवार एक करोड जित्ने अनामिका मजूमदारको एपिसोडको रेटिंग ४ सम्म पुगेको थियो । ४० औँ हप्तामा केबीसी मात्र नभएर केबीसी प्रसारण गर्ने सोनी च्यानल पनि रेटिङको पहिलो स्थानमा पुगेको छ ।