arrow

पाकिस्तानविरुद्ध न्यूजिल्याण्डको शानदार जित, गुप्तिल र विलियम्सनको विष्फोटक व्याटिङ

३ खेलको श्रृंखला १–१ को बराबरी

logo
प्रकाशित २०७२ माघ ३ आइतबार
nezi.jpg.jpeg
एजेन्सी । पाकिस्तानविरुद्धको दोस्रो टि–ट्वेन्टी क्रिकेटमा न्यूजिल्याण्डले १० विकेटको शानदार जित हासिल गरेको छ । हमिल्टनमा भएको खेलमा एक सय ६९ रनको चुनौती पछ्याएको न्यूजिल्याण्डले १४ बल बाँकी छँदै जित हासिल गरेको हो । न्यूजिल्याण्डले पाकिस्तानले दिएको एक सय ६९ रनको चुनौती १७ ओभर ४ बल खेल्दै विनाकुनै विकेटको क्षतिमा पार गरेको हो । 
 
न्यूजिल्याण्डलाई जिताउन मार्टिन गुप्तिल र कप्तान केन विलियम्सनले विष्फोटक व्याटिङ गरे । दुबैले एक सय ७१ रनको साझेदारी गरे । ५८ बल खर्चेका गुप्तिलले ४ छक्का र ९ चौका प्रहार गर्दै अविजित ८७ रन जोडे । कप्तान केनले ४८ बलको सामना गर्दै ११ चौकाको मद्दतले अविजित ७२ रन बनाए । यी दुई सामू पाकिस्तानी बलर निरिह सावित भए । 
 
यसअघि, टस जितेर पहिले व्याटिङ गरेको पाकिस्तानले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै मात्र एक सय ६८ रन बनाउन सक्यो । पाकिस्तानका लागि उमर अक्मलले अविजित ५६ रन बनाए । सोएव मलिकले ३९ रन बनाउन बाहेक अन्य व्याट्सम्यानले खासै प्रदर्शन गर्न सकेनन् । पाकिस्तानी व्याटिङ कमजोर पार्न मिचेल म्याक्लेन्गनले दुई विकेट लिए । जितसंगै न्यूजिल्याण्डले तीन खेलको टि–ट्वेन्टी श्रृंखलामा १–१ को बराबरी गरेको छ । यसअघि भएको पहिलो टि–ट्वेन्टीमा पाकिस्तान १६ रनले विजयी भएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ