arrow

राष्ट्रिय सूचना आयोगको वर्षभरीको काम (हेर्नुस् पूर्ण विवरण)

logo
प्रकाशित २०७२ माघ ४ सोमबार
National-Informanation-commission.jpg.jpeg
काठमाडौं । राष्ट्रिय सूचना आयोगले पहिलो वर्ष (२०७१ माघ–२०७२ पुष) सम्म गरेका कामहरुको विवरण सार्वजनिक गरेको छ । आयोगले सोमबार प्रेस विज्ञप्ती जारी गरेर वर्षभरी सम्पादित प्रमुख कार्यहरूको विवरण सार्वजनिक गरेको हो । आयोगले आफुले गरेको कामलाई यसरी बुँदागत रुपमा उल्लेख गरेको छ । 
 
३३ बुँदे कार्य विवरण 
 
१. २०७१ पुष ३० गते प्रमुख सूचना आयुक्त र सूचना  आयुक्तहरूले शपथ ग्रहण गरी पदवहाली गर्नु भएको एकवर्ष पूरा भएको छ ।
२. आयोग गठन भएको पहिलो ३ महिना र ६ महिनामा सम्पादित कार्यहरूको विवरण यस  पूर्व नै सार्वजनिक भैसकेको थियो । यो पहिलो वर्षको सम्पादित कार्य विवरण हो ।
३. यस एक वर्षको अवधिमा ३३ वटा बैठक बसी आयोगको बैठक व्यवस्थापन सम्बन्धी कार्यविधि, आयोगमा कार्यरत कर्मचारीको आचार संहित, स्वतः प्रकाशन गर्ने निर्देशिका र आयोगको विज्ञको सूची तयार गर्ने कर्याविधि लगायत पारित भएका छन् ।
४. सूचनाको हकको प्रचलनका सन्दर्भमा आयोगले पटक पटक व्यवस्थापिका–संसद्को विकास समितिको छलफलमा सहभागिता जनाएको छ ।
५. आयोगले निर्वाचन आयोगमा दर्ता भएका १८० वटा राजनैतिक दलका प्रमुखहरूको नाममा ३÷३ महिनामा विवरण सार्वजननिक गर्न, सूचना अधिकारी तोक्न र सूचना प्रवाहको छुट्टै अभिलेख राख्ने गरी ३ बूँदे आदेश गरेको छ ।
६. आयोगले पचहत्तरै जिल्लाका प्रजिअको नाममा जिल्लास्तरीय कार्यालयहरुको नागरिक वडापत्रको संगालो प्रकाशित गर्न आदेश गरेको छ ।
७. नेपाल सरकारका सबै मन्त्रालय र केन्द्रीयस्तरको निकायमा कार्यरत सचिवको नाममा पनि आयोगले ३ बुदे आदेश गरेको छ ।
८. सबै १९ वटा सरकारी तालीम केन्द्रलाई सूचनाका हकलाई पनि पाठ्यक्रममा समावेश गर्न आदेश भएको छ ।
९. भूकम्प पछिको उद्धार, राहत, पुर्नस्थापना र पुर्ननिर्माणको कार्यमा पारदर्शिता अपनाउन आयोगले प्रधानमन्त्रीलाई १४ बूँदे सुझाव दिएको छ ।
१०. कक्षा ६ देखि १० सम्मको पाठ्यपुस्तकमा सूचनाको हकलाई समावेश गराउन आयोग सफल भएको छ ।
११. मुलुकका ३७ जिल्लामा सूचनाको हकसम्बन्धी अन्तरक्रिया सम्पन्न भै जनचेतना जगाउन आयोग सफल भएको छ ।
१२. संविधानमा नागरिकलाई सूचना माग्ने र पाउने हकका साथै प्रवाह गर्ने हक थप गर्न र प्रान्तिय सूचना आयोग गठनगर्न आयोगले पहल गरेको छ ।
१३. आयोगले सन् २०१६–२० को आफ्नो ५ वर्षे रणनीति तयार गर्दैछ ।
१४. आयोगले दक्षिण एशियाली मुलुकहरूको सूचना आयोगमा कार्यरत आयुक्तहरूको काठमाडौ सम्मेलन गर्ने तयारी गरिरहेको छ ।
१५. नेपाल र बंगलादेशको आयोग बीच सहयोगको आदन–प्रदानको ःइग् गर्ने प्रक्रिया अघि बढेको छ ।
१६. आयोगले संयुक्त राष्ट्रसंघीय निकायसँग मिलेर इउभल न्यखभचलmभलत म्बतब मा अन्तर्राष्ट्रियस्तरको सम्मेलन गरेको छ ।
१७. नेपालले इउभल न्यखभचलmभलत एबचतलभचकजष्उ मा सदस्यता दिने विषयमा अध्ययन भैरहेको छ ।
१८. आयोगका पदाधिकारीहरूले बंगलादेशका सूचना मन्त्री, चिली र क्यानडाका प्रमुख सूचना आयुक्त, नेपालस्थित यूएन ओमेन र जाईकाका प्रमुखहरु, पाकिस्तानको सूचना आयुक्तहरूको टोली लगायतसँग भेटघाट गरी सहकार्यको पहल भैरहेको छ ।
१९. कर्मचारीको शपथबाट गोप्य शब्द हटाउन आयोगले सरकारलाई सुझाव दिएको छ ।
२०. प्रत्येक भदौ ३ गते आयोगले राष्ट्रिय सूचना दिवस मनाउने गरेको छ ।
२१. सेप्टेम्बर २८ का दिन अन्तर्राष्ट्रिय थाहा दिवस मनाउने गरिएको छ ।
२२.आपूर्ति व्यवस्थालाई चुस्त तुल्याउन आयोगले सम्बन्धित सरकारी पदाधिकारीको ध्यानाकर्षण गरेको छ ।
२३. आ.व. २०७०।७१ को वार्षिक प्रतिवेदन प्रधानमन्त्री मार्फत संसद्मा प्रस्तुत गरिएको छ ।
२४. आयोगमा कर्मचारीको दरवन्दी थप गर्ने सम्बन्धी अध्ययन प्रतिवेदन तयार भएको छ ।
२५.आयोगको पहलमा मन्त्रालयस्तरमा सूचनाको हकसम्बन्धी छलफल भैरहेको छ ।
२६. जिल्ला न्यायाधिशहरुसँग सूचनाको हकका सम्बन्धमा अन्तरक्रिया भएको छ ।
२७. राष्ट्रिय पत्र–पत्रिका, टिभी, रेडियो, अनलाईन, साप्ताहिक लगायतका सम्पादकसँग आयोगले अन्तरक्रिया गरेको छ ।
२८. सूचनाको हकका माध्यमद्वारा लैङ्गिक समानता र महिला सशक्तिकरणमा आयोगले क्रियाशीलता वृद्धि गरेको छ ।
२९. संचारकर्मी लगायतलाई आयोगले सूचनाको हकका क्षेत्रमा प्रशिक्षक प्रशिक्षण संचालन गरेको छ ।
३०. संचारकर्मी र सूचना अधिकारीको छुट्टा–छुट्टै निवन्ध प्रतियोगिता गरी पुरस्कृत गरेको छ ।
३१. विभिन्न १६ जिल्लाका ७ वटा कार्यालयमा पाईलटिङ्गका रुपमा अनलाईन सूचना माग्ने र पाउने प्रणाली प्रयोगमा आएको छ ।
३२. सूचनाको हकका क्षेत्रमा क्रियाशील गैर सरकारी संस्था र अभियान्ताहरुको क्रियाशीलता बढाउन आयोगले सहजीकरण गरेको छ ।
३३.विगत एक वर्षको अवधिमा आयोगले ९०४ वटा आदेश जारी गरेको छ ।
  
                                                                                                                                                    (वेदनिधि अधिकारी)
                                                                                                                                                             प्रवक्ता

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ