- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
एजेन्सी । बलिउड अभिनेता अमिताभ बच्चनले आफनो पारिश्रमिक बढाएका छन् । अमिताभको गेम शो 'कोन बनेगा करोडपति ९' (केबीसी) ले दबंग स्टार सलमान खान विवादित शो 'बिग बोस ११' र बलिउड बक्स अफिसका हिरो अक्षय कुमार कमेडि शो 'द ग्रेट इन्डियन लाफ्टर च्यालेन्ज' लाई टेलिभिजन रेटिङ्स पोइन्ट (टिआरपी) मा पछि छाडेसँगै आफ्नो पारिश्रमिक बढाएका हुन् ।
उनको टिभि शो 'कोन बनेगा करोडपति ९' टिआरपीको मामिलामा सबै भन्दा माथि रहेको छ । अमिताभ प्रत्येक एक एपिसोड बापत २ करोड लिदै आएकोमा उनले यस सीजनमा आफ्नो पारिश्रमिक बढाएर २.७५ करोडबाट ३ करोड पुराएका छन् । शोको औसत शहरी मूल्याङ्कन ३.७ रहेको छ ।
'कोन बनेगा करोडपति ९' को सिजन सुरुसँगै अभिनेत्री माधुरी दीक्षित वा एश्वर्य राय मध्ये एकजनाले कार्यक्रम संचालन गर्ने चर्चा चलेतापनि अन्तिम समयमा अमिताभले नै कार्यक्रम संचालन गरेका हुन् ।