arrow

परदेशीको संगीत सार्वजनिक

logo
प्रकाशित २०७६ वैशाख २५ बुधबार
1900273519.jpeg
काठमाडौं । आगामी कार्तिक ३ गतेबाट अल नेपाल रिलिज हुन लागेको फिल्म ‘परदेशी’को अडियो सार्वजनिक भएको छ । राजधानीमा गत सोमबार आयोजित कार्यक्रममा वरिष्ठ हाँस्य कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यसहित फिल्म युनिटले अडियो सार्वजनिक गरेका हुन् ।
कार्यक्रममा महजोडीले फिल्मको कथा देशको वर्तमान अवस्थासँग सान्दर्भिक भएको हुँदा फिल्म चल्नेसमेत बताए । त्यस्तै निर्देशक नारायण रायमाझीले शिक्षित युवा परदेश जानु पर्ने देशको बाध्यत्मक परिस्थितिको कथालाई आफ्नो फिल्मले बताउने खुलाए । फिल्मका मुख्य पात्र प्रशान्त तामाङले आफ्नो पहिलो ब्ल्कबस्टर फिल्म ‘गोर्खा पल्टन’ भन्दा पनि ‘परदेशी’ लाई दर्शकले धेरै माया गर्ने विश्वास व्यक्त गरे । उनले भने, ‘परदेशी गोर्खा पल्टन भन्दा पनि राम्रो बनेको छ । यहाँहरुले मलाई साथ दिनुहुन्छ भन्ने आशा लिएको छु ।’
पुर्व इन्डियन आइडियल तामाङले कार्यक्रममा फिल्ममा समावेश ‘विछोडको करौती’ बोलको गीत समेत गुन्गुनाए । राजेश बंशाल र निर्देशक रायमाझीको संयुक्त लगानी रहेको फिल्म ‘परदेशी’ मा आठ वटा गीतहरु समावेश छन् । जसमा चार वटा गीतमा निर्देशक र चार वटा गीतमा बि.बि. अनुरागीको संगीत छ । 
उदित नारायण झा, दीपा नारायण झा, अञ्जु पन्त, प्रशान्त, टिका पुन, उषा मगर र स्मृति शाहीले गीतहरुमा स्वर दिएका छन् । फिल्मको सबै गीतमा गोविन्द राईको नृत्य निर्देशन रहेको छ भने प्रशान्त सँगै नरेन खड्का, रजनी केसी लगायत कलाकारहरुको अभिनय फिल्ममा देख्न सकिन्छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ