arrow

नयाँ नोटमा चोर सक्रिय

logo
प्रकाशित २०७६ वैशाख २५ बुधबार
243058493.jpeg
काठमाडौं। चाडपर्वको बेला बैंकबाट रकम निकाल्न या नयाँ नोट साट्न जाँदै हुनुहुन्छ भने होसियार रहनुहोस् । किनकी बैंकबाट पैसा निकाल्न पुगेका सर्वसाधारणबाट चोरी गर्ने गिरोहले नगद चोर्ने क्रम बढेको छ ।
 
असोज २२ गते भूगोलपार्कस्थित नेपाल बैंक लिमिटेडमा लाम बसेका चाबहिल बस्ने चेतनाथ पराजुलीको चार लाख रुपैयाँ दिउँसै लुटियो। लाइनमा बसेका पराजुलीको झोला काटेर नगद कुम्लाएर फरार भएका लुटेराहरुलाई महानगरीय वृत्त जनसेवाले पक्राउ गरेपछि बैंक ढुकेर लुट्ने गिरोह सक्रिय रहेको खुलेको नागरिकमा खबर छ ।
 
विभिन्न बैंकमा ढुक्ने र महिला तथा वृद्धवृद्धाबाट नगद लुट्ने गिरोह सक्रिय रहेको पाइएपछि सुरक्षा सतर्कता बढाइएको जनसेवा प्रहरीका प्रमुख डिएसपी विनोद घिमिरेले बताए।



लोकप्रिय समाचार
नयाँ