रौतहट। नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं पूर्व मन्त्री मोहम्मद अफताब आलमले प्रतिकात्मक रुपमा नेपाली काँग्रेसलाई जिताउनुपर्ने बताएका छन्। बिहीबार रौतहट जिल्ला क्षेत्र नं २ को तेजापाकडमा आयोजित नेपाली कांग्रेसको आम सभामा बोल्दै उनले मानिसलाई बाँच्नको लागि अक्सिजन चाहिने र अक्सिजनको लागि रुख जोगाउनु पर्ने बताएका हुन् ।
जिल्लाको क्षेत्र न।२ बाट प्रतिनिधि सभा उम्मेदवार समेत रहेका उनले मोहम्मद अफताब आलमको जितको लागी गुहार लगाउदै फिरेका हजारौं नेताकार्यकर्ताको भीड तेजापाकडमा उत्रिएको थियो। उनले नेपाली काँग्रेस जनताको लागि अक्सिजन जस्तै महत्वपूर्ण रहेको दाबी पनि गरे ।
यसै क्रममा जनतालाई सम्बोधन गर्दै नेता आलमले भने, 'हाम्रा जनतालाई साच्चिकै अक्सिजन चाहिएको छ र अक्सिजन रुखले मात्र दिन सक्छन, त्यसैले हामी सबै मिली रुखलार्इ जिउँदो पार्नुपर्छ । जय नेपाल भन्दैमा देश बन्दैन ।'