arrow

कोरियामा नेपाली मजदुरको तलब बढ्यो

logo
प्रकाशित २०७२ माघ १० आइतबार
images-(1).jpg.jpeg
काठमाडौं ।दक्षिण कोरिया सरकारले मजदुरका लागि नयाँ तलब लागू गरेको छ । कोरिया सरकारले २०१६ का लागि ८.१ प्रतिशतले तलब बढाएको छ । यो तलब वृद्धि कम भएको भन्दै मजदुर संगठनले चर्को विरोध गरिरहेकै बेला सरकारले लागू गरेको हो ।
अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ -ज्याला न्यूनतम निर्धारण समितिले गत जुलाइको पहिलो साता २०१६ का लागि ८.१ प्रतिशत पारिश्रमिक वृद्धि गर्ने निर्णय गरेको थियो । न्यूनतम ज्याला निर्धारण समितिले गरेको सोही सिफारिसलाई अगस्ट ५ मा सरकारी अनुमोदन पश्चात जनवरी १ देखि लागू भएको छ । लागू गरिएको पारिश्रमिकबाट कामदारले प्रतिघन्टा ६ हजार ३० वन प्राप्त गरेका छन् ।
 
तर मजदुर युनियनहरुले ७९ प्रतिशत तलब वृद्धिको माग गर्दै प्रतिघन्टा १० हजार वनको माग गरिरहेका छन् । न्यूनतम मासिक तलब १२ लाख ६० हजार दुई सय ७० वनले हालको विनिमय दर अनुसार मजदुरले बेसिक तलब एक लाख १५ हजार रुपैयाँभन्दा बढी प्राप्त गर्नेछन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ