arrow

कर तिर्न नमान्ने सिनेमा हललाई कारबाही

logo
प्रकाशित २०७२ माघ १० आइतबार
कर-तिर्न-नमान्ने-सिनेमा-हललाई-कारबाही-गरिने.jpg.jpeg
काठमाडौं ।काठमाडौं महानगरपालिकाले महानगरभित्रका सिनेमा हललाई करको दायराभित्र ल्याउन पहल थाल्ने भएको छ।पटकपटक पत्र काट्दा पनि कर तिर्न अटेर गरेपछि सबै हललाई करको दायराभित्र ल्याउन विशेष पहल गर्ने भएको हो।
 
नयाँ पत्रिका दैनिकमा समाचार छ-महानगरपालिकाका अनुसार महानगरभित्रका कुनै पनि सिनेमा हलले मनोरञ्जन कर तिरेका छैनन्। दर्शकसँग भने प्रत्यके सिनेमा हलले पाँच प्रतिशतका दरले मनोरञ्जन कर असुल्दै आएका छन्। महानगरपालिकाका कार्यकारी अधिकृत रुद्रसिंह तामाङले दर्शबाट असुल्ने तर सरकारलाई नतिर्ने सिनेमा हलको प्रवृत्ति ठीक नभएको बताए।उनले कर तिर्न नमान्ने हललाई कारबाही गर्ने समेत बताएका छन्। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ