arrow

आफ्नो गुटलाई जिताउन इलाम कांग्रेसका नेताहरु कस्सिए, संस्थापन पक्ष बलियो कि देउवा ?

देउवा भन्दा संस्थापन बलियो, संस्थापक पक्ष बिच किचलो रहे बडारिने डर

logo
टिका खतिवडा, इलाम।
प्रकाशित २०७२ माघ ११ सोमबार
13th-congress.png.png.png
नेपाली कांग्रेसको आशन्न १३ औँ महाधिवेशन नजिकिँदै जाँदा इलामका जिल्ला नेताहरु आफ्ना गुटका कार्यकर्तालाई बिजयी बनाउन दौडधुपमा निस्किएका छन्। जिल्ला सभापति, क्षेत्रीय सभापति तथा बिभिन्न पदमा उम्मेदवार घोषणा गरी गाँउ गाउँका क्रियाशील कार्यकर्तालाई आफ्नो पक्षमा पार्न मरिमेटेका छन्। 
 
जिल्ला सभापति पद हत्याउन धेरैजना आकांक्षी देखिएका छन्। पुर्व जिल्ला सभापति हिमाल कर्मचार्य, महासमिति सदस्य भेषराज आचार्य  महाधिवेशन प्रतिनिधि बेनुपराज प्रसाई, जिल्ला कोषाध्यक्ष डम्मर खड्का तथा  होम दुलाल सभापति पदका दावेदार देखिएका छन्। कर्माचार्य शुशील कोइराला निकट हुन भने आचार्य रामचन्द पौडेल निकट मानिन्छन्। प्रसाई पनि संस्थापक निकट नै हुन्। प्रसाई इलामका सिनियर नेता भए पनि पछिल्लो समय कार्यकर्ता माझ सकृय नहुदा उनीको चर्चा चले पनि अन्तिम समयमा हिमालय कर्मचार्यलाई समर्थन गर्ने कार्यकर्ताले आंकलन गरेका छन। राजनीतिमा दुलाल, खड्का भने देउवा निकट मानिन्छन्। 
 
उनीहरु हालका सभापति केशव थापा निकट समेत हुन्। थापा पूर्व क्षेत्र कै देउवाका बिश्वासपात्र मध्ये एक हुन्। उनी सभापति पदमा उठ्ने बताउँदै आएका थिए तर निर्देशिकाले  दुई कार्यकाल जिल्ला सभापति भइसकेका ब्यक्ति पुन सोही पदमा उठ्न नपाउने भए पछि उनी पछि सर्नु पर्ने बाध्यता छ। यो निर्णयलाई धेरै जिल्ला सभापतिकले बिरोध गरेपछि आज हुने भनिएको केन्द्रीय समितिले थप एक कार्यकाल दिन सक्ने संभावना पनि बढेको एक केन्द्रीय सदस्यले बताएका छन्। थप एक कार्यकाल थप भएमा देउवा पक्षका अरुले अहिलेका अध्यक्ष केशव थापालाई नै समर्थन गरी उठाउने छन्। यस्तो अवस्थामा दुलाल र खड्काले थापालाई समर्थन गर्ने छन्। उनले नमिलेको अवस्थामा दुलाललाई बर्तमान अध्यक्ष थापाले समर्थन गर्ने छन्। यस अवस्थामा दुलाल पनि निक्कै दह्रा उम्मेदवार हुनेछन्।
कसको प्यानलमा को ?
नेताहरुले आफ्नो प्यानलको क्षेत्र र गाउँगाउँमा घोषणा गर्न थालेका छन्। हिमालय कर्मचार्यको तर्फबाट सचिवमा मोती साङपाङ(राई) र कोषाध्यक्षमा श्री खरेललाई उठाउने निश्चित प्राय छ। 
भेषराज आचार्यको प्यानलको तर्फबाट सचिवमा खगेन्द्र देवान र कोषाध्यक्षमा बिष्णु कार्कीलाई उठाउने निश्चित भएको छ। बेनुपराज प्रसाई प्यानलबाट समेत सचिवमा देवानलाई नै समर्थन हुने निश्चित प्राय छ। यसो भएका सचिवमा देवान र साङपाङको भिड्न्त रोचक हुने छ। अरु सभापति पदका आकाक्षीहरुले पनि कसलाई उठाउने भन्नेबारेमा गृहकार्य गरिरहेका छन् तर उम्मेद्धारी नै भने घोषणा गरेको वाहिर आउन सकेको छैन। 
 
क्षेत्रीय सभापति को बन्ला ?
 
क्षेत्रीय सभापतिमा क्षेत्र. १ मा दुर्गा वराल र मोहन श्रेष्ठको नाम चर्चामा रहेको छ। बराल कर्मचार्यसग नजिक छन् । क्षेत्रीय सभापतिमा भिष्म प्रधान तथा मिलन क्षेत्रीको समेत चर्चा रहेको छ।
 
क्षेत्र नम्बर दुइमा भने वर्तमान अध्यक्ष गोबिन्द गिरी र वर्तमान सचिव मेघ प्रसाद चम्लागाईको नाम सभापतिमा उठ्ने चर्चा छ। तिल बिक्रम सुब्बाको नाम समेत सुनिन थालेको छ।
 
क्षेत्र न ३ मा भने वर्तमान सचिव नुतन देव दुलाल, गोबिन्द पौडेल, माधव बस्नेत, रमेश अधिकारी, निरोज खड्गीको नाम चर्चामा रहेको छ। दुलाल र पौडेलको पारिवारिक सम्बन्ध राम्रो रहेकोले दुलाललाई पौडेलले छोडिदिने निश्चित नै रहेको छ। दुलाल र खड्गी पनि मिल्ने साथि हुन्। उनीहरु एउटै पदमा नलड्ने बताइन्छ। इलामको कांग्रेस राजनीतिमा दुलाल उदयमान युवा हुन्। उनी अरु भन्दा क्षेत्रिय सभापतिमा बलियो देखिएका छन्।   क्षेत्रीय सचिवमा तिर्थ गुरुङ र कोषाध्यक्षमा निर्मल घिमिरे उठ्ने निश्चित भएको छ।  
 
यतिवेला इलामका ठुला होटलदेखि चिया पसल हुँदै गाउँदेखी चोकसम्म नेपाली कांग्रेसकै अधिवेशन र महाधिवेशनको चर्चा भैरहेको छ। फेरी गाउँ स्तरमा समेत चुनावको पक्रिया अघि बढ्ने भएपछि चर्चा चुलिएको हो। कतिपय गाँउ तथा नगरपालिकाहरुमा बढी नै ब्यक्तिहरु आंकाक्षी भएकाले गर्दा सभापतिमा मिलाउन जिल्ला नेताहरुलाई धौ धौ परिरहेको छ। देउमाई नगरपालिकामा पनि सभापतिका आकाक्षिहरु धेरै भए पछि सिनियरबाट नयाँ ब्यक्ति खोजेर सबैलाई मनाउने प्रयास समेत भएको छ।
 
पद सुरक्षित गर्न नेपाली काँङ्ग्रेसका नेता गाउँगाउँमा गएर अन्तरक्रिया र छलफलमा ब्यस्त देखिएका छन्। काँग्रेसको १३औँ महाधिवेशन आगामी फागुन २० देखि २३ गतेसम्म राजधानी काठमाडौमा हुँदैछ। भने गाउँ र नगर यही माघ १५ गते,  क्षेत्रीय अधिवेशन माघ २२ र जिल्ला अधिवेशन माघ २५ गते सम्पन्न हुनेछ। अधिकाशं जिल्लामा अधिवेशन गराउन निर्वाचन अधिकृत पुगिसकेका छन्।
जिल्ला सभापतिमा कस्ले जित्ला ?
जिल्ला तथा क्षेत्रीय सभापतिमा निर्वाचित हुन एकाउन्न प्रतिशत पुर्‍याउनै पर्नेछ। यदि सबैजना जना उम्मेद्धार उठ्ने हो भने पहिलो निर्वाचनमा कसैले पनि एकाउन्न प्रतिशत मत ल्याउन नसक्ने नेपाल विद्यार्थी संघका जिल्ला सचिव लक्ष्मण चौलागाई वताउँछन्। दोस्रो चरणमा पहिलो र द्रोस्रो हुने बिच पुन मतदान हुनेछ। यस्तो अवस्था सृजना भएमा संस्थापन पक्षका एक र देउवा पक्षका एक पहिलो र दोस्रो हुनेछन्।
 
दोस्रो चरणको निर्वाचनमा संस्थापन पक्षको जो पुग्छ त्यसलाई अन्य संस्थापन पक्षका आंकाक्षीहरुले सहयोग गर्ने हुदा सभापतिमा जित्ने निश्चित छ। यस्तो अवस्थामा कर्मचार्य र आचार्य मध्ये एक सभापतिमा निर्वाचित हुने कार्यकर्ताहरु बताउदछन्। प्रसाईले अन्तिम अवस्थामा यी दुइ मध्ये एकलाई समर्थन जनाउने कतिपयको आंकलन रहेको छ। कांग्रेसका पूर्वमहामन्त्री कुल बहादुर गुरुङले भने खुलेर कसैलाई समर्थन गर्ने देखिदैनन्। उनी सबैको सम्मानित भएर बस्न चाहन्छन्।   
 
गाउँ नगरस्तरका अधिवेशनका लागि जिल्लामा निर्वाचनको माहोल तातेको छ। अन्य गुटका कार्यकर्ताहरुलाई समेत आ–आफ्नो पक्षमा हात लिन समेत नेताहरु लागि परेका छन्। 
जिल्लामा करिव सात सय प्रतिनिधि आउने छन्। गाउँ कार्य समितिबाट खुल्ला पाँच, क्रियाशिलको आधारमा महिला तीन, जनजाती एक, दलित एक, अल्पसङ्ख्यक र अपाङ्गता भएकाबाट एक र सभापति एक गरेर बाह् जना आउने छन्। 
 
अघिल्लो निर्वाचनमा एउटा मात्र नगरपालिका थियो भने हाल तीनवटा नगरपालिका भएका छन् । नगरपालिकामा वडाका आधारमा प्रतिनिधि छनौट हुन्छन्। इलाम र देउमाई नगरपालिकामा नौ वटा मात्र वडा भएकाले तुलानात्कम रुपमा कम प्रतिनिधि आउँछन् भने सुर्योदय नगरपालिकाबाट दोब्बर प्रतिनिधि आउछन्। नगरपालिकाको हकमा वडा समिति सभापति एक, महिला एक, खुल्ला दुई, समावेसी एक जना आउने छन्। महिला क्रियाशिल पच्चिस वरावर एक जना र सो भन्दा वढि क्रियाशिल भएमा प्रतिनिधि पनि वढ्ने छन्। अन्यको हकमा एक सय क्रियाशिल बरावर एक जना प्रतिनिधि र सो वढेमा प्रतिनिधि सङ्ख्या पनि वढ्ने छ। 
 
जिल्लामा हुने निर्वाचनमा सभापति, निर्वाचित सचिव र कोषाध्यक्ष पदमा मतदान हुन्छ। उपाध्यक्ष, मनोनित सचिव र सहसचिव पदमा क्षेत्रबाट आएका सदस्यहरुबाट जिल्ला सभापतिले मनोनित गर्ने ब्यवस्था रहेको छ। जिल्ला सदस्य पनि क्षेत्र गत रुपमा छानिन्छन्। जिल्ला सभापतिको उम्मेद्धार वन्न पनि क्षेत्रबाट नै क्षेत्रगत रुपमा नै महासमिति सदस्य पद जित्नै पर्ने हुन्छ। नेपाली काँङ्ग्रेसमा क्रियाशिल विवाद भने कायमै छ।
 
एकथरीले १२ औँ महाधिवेशनमा जारी भएको क्रियाशिल सङ्ख्यालाई कायम गर्नु पर्ने माग गर्दै आएका छन् भने अर्का थरीले नयाँ वितरण भएका क्रियाशिल सङ्ख्यालाई मान्यता दिनु पर्ने माग गर्दै आएका छन्। यो विवाद नटुङ्गीए सम्म जिल्ला अधिवेशन र महाधिवेशनमा प्रतिनिधि सङ्ख्या पनि टुङ्गो लाग्न नसक्ने जिल्ला नेताहरु भनाई छ। कांग्रेसको वेभसाइटमा प्रकाशित भैसकेका नयाँ सदस्यहरुको नामावली समेत बिवाद निकालेर हटाउन बाध्य भएका छन्।
 
भातृ संगठनहरुले पनि आफ्नै ढंगले समर्थन गरिरहेका छन्। तरुण दलका नरेश श्रेष्ठ देउवा पक्षलाई र महिला संघकी निर्मला सन्जेलले कर्मचायलाई सघाउने छन्। पूर्व सांसद टिका लेप्चाले प्रसार्ईलाई र पूर्व सभासद निर्मला प्रसाईले हिमाल कर्मचार्यलाई सघाइरहेको कार्यकर्ता माझ चर्चा रहेको छ। संस्थापन पक्षमा सबैलाई मिलाएर एउटै उम्मेदवार बनाउन लागिरहेको नेबिसंघका जिल्ला अध्यक्ष डिकेन्द्र इन्दिङगोले बताए।
 
किन र कसको निर्देशनमा आइसकेको नामावली हटाइएको हो भनेर वर्तमान जिल्ला समितिहरुमा बिरोध सुरु भएको छ। क्रियाशिल हुन नसकेकाहरुको भूमिकाले समेत देउवा पक्षलाई जिल्लाको बिभिन्न निर्वाचनमा अफ्यारो पर्नेछ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ