arrow

सिद्वार्थनगरको ३७ योजनाको बजेट १० करोड २४ लाख

logo
प्रदीप आचार्य,
प्रकाशित २०७४ पुष १७ सोमबार
sadk_nirman_(2).JPG

बुटवल ।  चालु आर्थिक बर्षमा विकास निर्माणका लागि सिद्धार्थनगर नगरपालिकाले आन्तरिक स्रोतबाट ३७ वटा योजनाको लागि दश करोड २५ लाख बजेट छु्ट्याएको छ। एसियाली विकास बैंकको ऋण तथा अनुदान सहयोगमा एकीकृत सहरी विकास आयोजना संचालनमा रहेको सिद्धार्थनगरमा आन्तरिक बजेटबाट १३ बटै वडामा योजना पु्र्याउँदै उक्त बजेट बिनियोजना गरिएको हो।

‘जहाँ एकीकृत सहरी विकासको योजना पर्न सकेको छैन, त्यस्ता ठाउँलाई प्राथमिकतामा राखेर आन्तरिक बजेट बिनियोजन गरेका छौं’ प्रमुख हरिप्रसाद अधीकारीले भने –‘कतिपय योजना सम्झौता भई काम सुरु भएका छन्। भने कतिपय योजना सम्झौताको प्रक्रियामा छन्।’

आन्तरिक बजेटबाट वडा नम्बर १ मा नयाँगाउँका पदमबहादुर थापाको घरदेखि दुर्गामन्दिरसम्म ३५ लाखको लागतमा आर.सि.सि सडक निर्माण सम्झौता भइसकेको छ। बेलहिया मनकामना पथमा सामुदायिक भवन निर्माण र अदालत खाँनको घरदेखि इमराइनको घरसम्म आर.सि.सि सडक निर्माण गर्ने काम सम्झौताको तयारीमा छ।
 
त्यस्तै २ मा चारवटा योजनाहरू आन्तरिक बजेटबाट संचालनमा ल्याइएको छ। मनगढको घरदेखि उत्तरतर्फ वडा नं ६ सम्म जोडिने गरी ५० लाखको लागतमा सडक पिच हुँदै छ। बनारसी पटहारको घरदेखि शुक्कीलालको घरसम्म २५ लाखको लागतमा पि.सि.सि र निमार्ण कार्य सम्झौता भइसकेको छ। यस्तै राजकुमार जैसवालको घरदेखि साधन ढकुरीको घरसम्म पि.पि.सि निर्माण कार्य र विभिन्न क्षेत्रमा १० थान सोलर लाइट पनि वितरण हुँदैछ।
 
वडा नं ३ मा पनि ३ वटा योजनाहरू परेका छन्। बन्दु पथदेखि दरखसवा हुँदै काटा गाउँ र आँखा अस्पतालको पूर्व पट्टीको बाटो, पुनः दरखसवा र काँटा गाउँ जोड्ने बाटोको सडक र नाली निर्माण टेण्डर प्रक्रियामा छ। रंगशाला पथ दक्षिणतर्फ रामचन्द्र प्रजापतिको घरको पश्चिमतर्फबाट उत्तर दक्षिण जोड्ने बाटो हुँदै पूर्व एम.आ.डी न्यू मोडल विद्यालय जाने बाटो ३५ लाखको लागतमा निमार्णका लागि सम्झौता भएको छ।

खजना चोकदेखि दक्षिणतर्फ करणीमाई मन्दिर जाने बाटोको नाला तथा सडक पिच निर्माण गर्ने कामलाई पनि यसैबर्ष सुरु गरिने वडा नं ३ का वडा अध्यक्ष थानेश्वर पौडेलले जानकारी दिए। वडा नं ४ मा पनि आन्तरिक बजेटबाट यसबर्ष दुईवटा योजना परेका छन्। वडा समितिको भवन निर्माणका लागि ५० लाख र भवानी पथबाट कचहरिया जाने बाटोमा भवानी पथदेखि उमा धरिकाको घरसम्मको आर.सि.सि सडकसहितको ढल निर्माणका लागि २५ लाख बजेट बिनियोजना भएको छ।

उक्त काम अगाडि बढाउन ठेक्का सम्झौतासमेत भइसकेको छ। वडा नं ५ मा ४ बाट विकासे योजना परेका छन्। भैरहवा उच्च मावि पूर्वदेखि सेवा पथसम्म पक्की सडक र नाली निर्माणको लागि ३० लाख, नारायण अग्रवालको घरको दक्षिणदेखि कर्ण पथसम्म नाला निर्माण, गणपति पथको आदर्श विद्यामन्दिरदेखि दक्षिण सैनिक गणसम्म सडक पि.सि.सि गर्ने काम पनि अगाडि बढेको छ।
 
सुवोध तुलाचन र अशोक साहको घर हुँदै उक्त गणपति पथसम्म जोड्ने बाटो पनि सडक पि.सि.सि गर्ने गरी काम अगाडि बढाइएको छ। वडा नं ६ मा ३ वटा योजनामार्फत काम भइरहेका छन्। वडा समितिको कार्यालय निर्माणको लागि ५० लाख बजेटमार्फत स्टमेट अगाडि बढेको छ। यद्यपि यहाँ कुन ठाउँमा वडा स्थापना गर्ने भन्नेबारे निक्र्यौल भएको छैन।

 ६ कै महाविर पथदेखि पश्चिम जाने बाटो बिनिता राईको घरतर्फ पक्की नाला निर्माण र गल्लामण्डीदेखि शिवमन्दिर जाने बाटोमा नालाको फराकिलो तथा सडक पिच र आर.सि.सि गर्ने काम पनि प्रक्रियामा रहेको र यसैबर्ष काम थालनी गरिने नगरपालिकाका सूचना अधिकृत देव ज्ञवालीले जानकारी दिए।

वडा नं ७ मा चारवटा योजना परेका छन्। यहाँ डाडा गाउँमा रहेको सार्वजनिक जग्गामा वडा समितिको भवन निर्माणको लागि ४० लाख बजेट छु्ट्याएर स्टमेट प्रक्रिया अगाडि बढाइएको छ। त्यस्तै सगरमाथा पथ, हिमाली पथ कलभटदेखि पूर्व देउराली पथ जोडिने बाटोको पक्की सडक र पक्की नाला निर्माण, सूर्यपथ, बेलबाबा पथदेखि पूर्व आर्यपथमा जोडिने बाटोको दुवै पट्टी नाली र पक्की सडक निर्माणका लागि सम्झौता प्रक्रिया अगाडि बढाइएको छ। भृकुटी पथको सडक ग्राभेल र नाला निर्माणलाई पनि प्राथमिकतामा राख्दै नगरपालिकाले १० लाख छुट्याएको छ। त्यस्तै वडा नं ८ मा ८ वटा योजना परेका छन्।

शिव पथ उत्तर हुँदै पश्चिमतर्फ बिपी पथ जोड्ने बाटोको सडक पिच र नाला निर्माण, रवि पथदेखि दक्षिण कैलाशपथ जोड्ने बाटो बैंक कोलोनी पथबाट उत्तर जानेबाटो, बसडिलुवा गाउँदेखि मदरसा जाने बाटो, बर्मेलीटोल कंचन फोटो कपी छेउको गल्लीबाटो, शिव पथ बिपीपथ दक्षिणतर्फ बैंक कोलोनी जोडिने बाटो, अञ्चलपुर लेखनाथ पथदेखि, उचमी पथमा जोडिने बाटो सडक आरसिसी गर्न सम्झौता भइसकेको वडा अध्यक्ष राजनजंग राणाले बताए। वडा नं ९ मा ७ वटा योजना परेका छन्।

कल्याणपथ, भानुपथ, इन्द्रेणी पथ, नयाँ कोलोनी, सम्पदा पथ लगायतमा सडक पिच, नाला निर्माण, बाटो ग्राभेल तथा सोलार लाईट वितरणका लागि ८५ लाख बजेट बिनियोजन भई केही सम्झौताको प्रक्रियामा छन्। भने केहीमा काम सुरु भइसकेको छ। वडा नं १० को लागि आन्तरिक बजेटबाट विकास निर्माणका लागि ७५ लाख छुट्याइएको छ। यो वडामा ६ वटा योजना परेका छन्।

 जस अन्तरगत दोगहरी, वडा समितिको भवन निर्माण, शंकपुर डिटोल, कालिका मन्दिरमा माटो तथा पर्खाल निर्माणजस्ता काम हुनेछन्। त्यस्तै वडा नं ११ मा ३ वटा योजना परेका छन्। भने यहाँ पनि ७५ लाख बजेट बिनियोजना भएको छ। यसबाट बड्की पिपरियादेखि दक्षिण भारत सीमासम्म जोड्ने सडक, नौडिहवादेखि दक्षिण, भुजौलीदेखि दक्षिण सडक पिच तथा नाला निर्माण गरिने छ।

वडा नं १२ मा ३ वटा योजना परेका छन्। यहाँ पनि ७५ लाख बजेट छु्ट्याइएको छ। १२ मा बुद्धपथ, गौमुखी कोलोनी, जनता पथ, दिव्यज्योती पथमा दुवैतर्फ नाला निर्माण तथा आर.सि.सि र सडक पिच गर्ने काम सम्झौता भइसकेका छन्।

वडा नं १३ मा साना ठूला गरी ७ वटा योजना परेका छन्। बजेट भने अन्य वडामा जस्तै छ। यहाँ होटल यतिदेखि पूर्व भित्री बाटो, मैत्रीपथ, गुराँसपथ, सूर्यपथ, सेवा पथ, सिर्जना पथ र होटल लाकौलको दक्षिणतर्फको बाटो निर्माण, ढलान र नाला निर्माण गरिने छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ