arrow

कारबाहीपछि तर्सिए ग्यास उद्योगी, एनएसको लागि एकैदिन दर्जनबढीको आवेदन 

logo
प्रकाशित २०७४ पुष २४ सोमबार
Gas-Plant-Nepal-620x344.jpg

काठमाडौं । सरकारले गुणस्तर नलिई सञ्चालनमा आएका ग्यास उद्योगीहरुलाई कारबाही गरेसँगै नेपाल गुणस्तर नलिई सञ्चालनमा आएका ग्यास उद्योगहरु भटाभट गुणस्तरको निवेदन दिन आएका छन् । सरकारले एनएस (नेपाल स्टयाण्डर्ड) चिन्ह नलिएका ग्यास उद्योगलाई कारबाही गर्न थालेपछि आइतबार मात्रै १४ ग्यास उद्योगले एनएसको लागि आवेदन भरेको गुणस्तर तथा नापतौल विभागले जनाएको छ । 

विभागका उपमहानिर्देशक रोमी मानन्धरले आवश्यक गुणस्तरको मापदण्ड पुरा भएकालाई दिइँदै आएको एनएस चिन्ह नभएका उद्योगहरुलार्इ कारबाही गर्न थालेपछि आइतबार मात्रै सो संख्यामा ग्यास उद्योगहरु कानूनी दायरामा आएका हुन् । अब उनीहरुको ग्यास उद्योगको अनुगमन गरेर मापदण्ड पूरा गरेकालार्इ एनएस चिह्न प्रदान गरिने बतार्इएको छ । केही दिनअघि बीरगंजस्थित सुपर ग्यास उद्योगमा आगलागी हुँदा धनजनको क्षति भएपछि विभाग आक्रामक रुपमा ग्यास उद्योगको अनुगमनमा लागेको हो । 

अहिले नेपाल आयल निगमको तथ्यांक अनुसार कूल ५५ वटा ग्यास उद्योगहरुमध्ये अहिलेसम्म साई बाबा, नेपाल, मनोज र श्री कृष्ण ग्यास उद्योगले मात्र एनएस चिन्ह लिएको विभागले जनाएको छ। नौ वटा ग्यास उद्योगले यस अघि नै एनएसको लागि आवेदन दिएका थिए । नोबेल, मेट्रो, श्री राम, जानकी, कोशी, श्री, एनएल, बाबा तथा सगरमाथा सहितका ग्यास उद्योगले यस अघि नै गुणस्तरको लागि निवेदन दिएका छन् ।

आइतबार मात्रै आवेदन दिनेहरुमा गौरीशंकर, सिद्धार्थ, नमस्ते, त्रिशुल, कोशी, नेपाल (नारायणी), एभरेष्ट, जगदम्बा, सुगम, साहारा, सुगम र चण्डेश्वरी रहेका छन् । त्यस्तै श्री राम ग्यासले यस अघि नै निवेदन दिएको भएपनि फेरि दोहोरो निवेदन आईतबार दिएको पनि मानन्धरले जानकारी दिईन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ