arrow

म्यानचेस्टर सिटी काराबाओ कप फाइनल नजिक, ब्रिस्टोललाई जित्न सकस

logo
प्रकाशित २०७४ पुष २६ बुधबार
mancity-bristol.jpg

इत्तेहाद स्टेडियम । इंगलिस प्रिमियर लिग लिडर म्यानचेस्टर सिटीलाई इएफएल कप अर्थात् काराबाओ कप फुटबलको फाइनल नजिक पुगेको छ । 

सेमिफाइनल पहिलो लेगको खेलमा च्याम्पियनसिप क्लव ब्रिटोल सिटी माथि संघर्षपुर्ण जित दर्ता गर्दै सिटी फाइनल नजिक पुगेको हो । 

घरेलु इत्तेहाद रंगशालामा भएको खेलमा मध्यान्तरअघिसम्म ब्रिस्टोलले अग्रता लियो । 

४४ औं मिनेटमा बबि रेडले गोल गरेर ब्रिस्टोललाई अग्रता दिलाउन सफल भए । 

५५ औं मिनेटमा केभिन डे बु्रेनेले गोल गर्दै सिटीलाई बराबरीमा ल्याए । 

तर त्यसपछिको गोल गर्न भने सिटीलाई सकस भयो । इन्जुरी समयमा सर्जियो अगुएरोले गोल गर्दै सिटीको उद्धार गरे । 

ब्रिष्टोलले यसपटक निकै राम्रो प्रदर्शन गरेको छ । 

क्वाटरफाइनलमा ब्रिष्टोलले म्यानचेस्टर युनाइटेडलाई हराएको थियो । 

बुधबार राति चेल्सी र आर्सनलबीच अर्को सेमिफाइनल खेल हुनेछ । 

 

Sergio Aguero scored an injury-time winner as Manchester City beat Bristol City 2-1 in the first-leg of Carabao Cup semi-final

Striker Aguero wheels off to celebrate the decisive goal in front of the jubilant City fans on Tuesday night

Aguero came off the bench in the 70th minute at the Etihad to net the dramatic winner against the plucky RobinsThe 26-year-old City dangerman fires the ball home inside the area on 55 minutes after being picked out by Raheem Sterling



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ