arrow

राष्ट्रिय सभाका लागि बेग्लाबेग्लै ४ मतपत्र

दलित र अपाङ्ग वा अल्पसंख्यकका लागि बहुमतीय र महिला र खुलामा एकल संक्रमणीय प्रणाली 

logo
प्रकाशित २०७४ पुष ३० आइतबार
Election_commition.jpg

काठमाडौं । निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले राष्ट्रियसभा निर्वाचनका लागि बेग्लाबेग्लै चारवटा मतपत्र र मतभारअनुसारको दुईवटा मतपेटिका चाहिने निर्वाचन बताएका छन् ।

महिला, दलित, अल्पसंख्यक वा अपाङ्ग र अन्य गरेर चारवटा समूह राखिएकाले बेग्लाबेग्लै चार वटा मतपत्र हुने प्रवक्ता ढकाकालले बताए । 

यद्यपि यस विषयमा राजनीतिक दलसँग छलफल भइनसकेको प्रवक्ता ढकालले जानकारी दिए । आउँदो मंगलबार निर्वाचन आयोगले राजनीतिक दलसँग छलफल गर्ने तयारी गरेको छ ।

बहुमतीय र एकल संक्रमणीय मत प्रणालीबाट निर्वाचन गर्नुपर्ने भएकाले राष्ट्रियसभाको निर्वाचन भिन्न र केही कठिनजस्तो देखिए पनि कर्मचारीलाई अनुशिक्षण दिइसकेकाले सजिलो हुने बताए । सातै प्रदेशमा निर्वाचन आयोगको कार्यालय खुलिसकेको र त्यसका लागि चाहिने जनशक्ति पठाइसकेको जानकारी प्रवक्ता ढकालले दिए ।

प्रवक्ता ढकालले भने, ‘प्रदेशमा रहेको निर्वाचन आयोगको कार्यालय माघ ७ गते नामाली प्रकाशन गर्छ ।’ प्रवक्ता ढकाकालले एकल संक्रमणीय मत प्रणाली पनि निर्वाचन आयोगले अपनाएकै प्रणाली भएकाले मतदान र मत गणनामा कुनै समस्या नहुने बताएका छन् ।

उनले भने, ‘मूलतः यो निर्वाचन एकल संक्रमणीय मत प्रणालीबाट गर्ने हो, प्रत्येक प्रदेशबाट ८ जना निर्वाचित हुनुहुनेछ । जसमा एक जना दलित, एकजना अपाङ्गता भएका व्यक्ति वा अल्पसंख्यकबाट, बाँकी ६ जनामा तीन जना महिला अनिवार्य छ । र तीन जना अन्य जसलाई खुला पनि भन्न सकिन्छ ।’

एकल संक्रमणीय मत प्रणाली लागु गर्न सकिनेबारे बताउँदै प्रवक्ता ढकालले भने, ‘यो एक भन्दा बढी उम्मेदवार हुने दलहरुको लागि मात्रै हो । दुई दलित र अपाङ्ग वा अल्पसंख्यक दुई पदको लागि बहुमतिय प्रणाली प्रयोग गर्दछौँ र ३ महिला र अन्य वा खुलाको लागि एकल संक्रमणीय मत प्रणाली प्रयोग गर्नु पर्ने हुन्छ ।’ मतदानबारे दुई हजार ५६ जना सबै मतदातालाई आफुहरुले प्रशिक्षण दिने सेमत उनले बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ