arrow

फेरि नेपाललाई जित्दै भारतीय प्रधानमन्त्री मोदी

logo
प्रकाशित २०७४ माघ १७ बुधबार
i-day-modi.jpg

काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र दामोदरदास मोदी आगामी फागुन अन्तिम साता फेरि नेपाल आउने भएका छन् । तत्कालीन समयमा सुशील कोइरालाको पालामा नेपाल आएका मोदी पछि नेपालमाथि नाकाबन्दी गरेर नेपाली जनताबाटै तिरस्कारको पात्र बनेका थिए । अहिले भावी प्रधानमन्त्रीको रुपमा हेरिएका एमाले अध्यक्ष केपी ओलीसँगको सम्बन्ध नयाँ सिराबाट अघि बढेसँगै मोदी नेपाल भ्रमणको लागि लालायित भएका हुन् । 

भारतको गणतन्त्र दिवसको दिन ओलीले मोदीलाई पठाएको पत्र पछि भारत र नेपालको केही हदसम्म विग्रिएको सम्बन्ध फेरि नयाँ सिराबाट पुनर्ताजकीकरण भएको सुष्मा स्वराजको दुईदिने नेपाल भ्रमणले पुष्टि गछै । मोदी भ्रमणको गृहकार्यका सिलसिला र नेपालमा बाम गठबन्धनको व्यवस्थापनमा सहयोगको लागि भन्दै भारतीय विदेश मन्त्री सुष्मा स्वराज बिहीबार काठमाडौं आउँदै छिन् ।

म‌ंगलबार मात्रै भारत निकट मानिएका काँग्रेस नेता अमरेस कुमार सिंहले स्वराज ‌ओलीकै आग्रहमा नेपाल आउन लागेको बताएका थिए । ओलीको पत्र पछि भारतले फेरिपनि नेपालमाथि आफूले विजय हाँसिल गर्न सफल भएको बुझाई राखेको छ । नेपालमा भारतको दूर्नियत विरोधी अभियानलाई उचाईमा पुर्याउने मुख्य मात्रको रुपमा लिईएका ओलीले नै भारतसँग सहकार्यको हात फैलाएको र उनको पत्रमा भारतको अनिवार्य सहयोगको अपेक्षा गरेपछि भारत यसबाट भारत झनै खुशी भएको छ । 

मोदी नेपाल आउँदा पहिलो पटक प्रधानमन्त्री बनेर नेपाल आउँदाको जस्तै सम्मान चाहन्छन् । एमालेजनले विरोध गर्दासम्म उनले त्यो सम्मान पाउने अवस्था थिएन । तर, आफूलाई टाउको दुखाईको विषय बनेको ओली समेत आफ्नै कित्तामा आएपछि मोदीले नेपालमाथि फेरि पनि विजय हाँसिल गर्न सफल भएको चर्चा सुरु हुन थालेको छ । 

यस अघि चिनियाँ पक्षलाई रिझाएर भारत विरोधी नेताको रुपमा आफूलाई चित्रण गरेका ओलीले भारतको ६९ औं गणतन्त्र दिवसका अवसरमा भारतीय प्रधानमन्त्री मोदीलाई लेखेको चिठीमा ओलीले आफू भारत सरकारसँग सहकार्य गरेर अघि बढ्न तत्पर रहेको उल्लेख गरेका छन् । ओलीले अंग्रेजीमा लेखेको चिठीमा दुई देशको सम्बन्धबारे पनि केही कुराहरु खुलाइएको छ ।
 
गणतन्त्र दिवसकै अवसरमा नेपालस्थित भारतीय राजदुतावासले आयोजना गरेको औपचारिक कार्यक्रममा भने ओली उपस्थित भएनन् । तर, भोलीपल्ट दुतावासले आयोजना गरेको साँस्कृतिक कार्यक्रममा भने ओली पुगेका थिए । त्यो समारोहमा ओली नेपालका लागि भारतीय राजदूत मञ्जीवसिह पुरीसँगै कुम टाँसेर बसेका थिए ।

आउँदो बिहीबार मात्रै भारतीय विदेशमन्त्री सुष्मा स्वराज मोदीको विशेष दुत बनेर दुई दिने नेपाल भ्रमणमा आउँदै छिन् । भ्रमणका क्रममा स्वराजले ओली लगायत अन्य नेताहरूसँग राजनीतिक भेटवार्ता गर्ने तयारी छ । ओलीले मोदीलाई दुई देशबीचको सम्बन्धलाई थप मजबुत बनाउनका लागिसँगै काम गर्न चाहेको सन्देश सुनाई सकेका छन् । विदेशमन्त्री स्वराजसँगको भेटमा केही थप कुरा हुने बताइँदै छ ।  

ओलीले भनेका छन्, ‘यो अवसरमा सबै प्रकारका सफलताका लागि म शुभेच्छा व्यक्त गर्न चाहन्छु र हाम्रो दुई देश र जनताबीचको सहकार्य अझ मजबुत हुने अपेक्षा राख्दछु । भरखरैको निर्वाचनबाट चुनिएको एक जनप्रतिनिधि र संघीय संसदको सबैभन्दा ठूलो दलको नेताको हैसियतमा म तपाई र तपाईको सरकारसँग दुई देशको उज्वल भविश्यको लागि ससँगसँगै काम गर्न आतुर छु ।’


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ