arrow

के विपी, कृष्णप्रसाद र गिरिजाका विश्वासपात्र गिरीलाई कांग्रेसले बिर्सिएको हो ?

नेतृत्वले हरेक काल खण्डमा बिर्सिए दाङ कांग्रेस आन्दोलनका योद्धा गिरी

logo
प्रकाशित २०७४ माघ २० शनिबार
BP_Koirala_In_Dang_2036.jpg

काठमाडौं । नेपाली कांग्रेसभित्र लामो इतिहास बोकेका तर  पार्टिले इतिहासका हरेक काल खण्डमा विर्सेका दाङ कांग्रेसका योद्धा, प्रष्ट वक्ताका रुपमा चिनिने, इमान्दार, जुझारु, सक्रिय तथा पार्टीको केन्द्रीय प्रशिक्षक समेत भइसकेका शंकर गिरीलाई यो पटक पनि कांग्रेस नेतृत्वले बिर्सिएको छ । महामानव विपी कोइराला, कृष्णप्रसाद भट्टराई हुँदै गिरिजाप्रसाद कोइराला, शुसिल कोइरालाको निकट भएर काम गर्ने अवसर मिले पनि कुनै पनि नेतृत्वले उनीलाई सम्झिएन, दियो त केवल विश्वासपात्रको संज्ञा ।
 
आजभन्दा ४७ वर्ष अगाडी अर्थात २०२७ साल पौष १ गते राति १६ वर्षको कलिलो उमेर तत्कालिन राप्ती अंचलाधिश  कार्यालयको गेटमा कालो झण्डा गाडेर सक्रिय राजनीतिको शुभारम्भ गरेका गिरीले हालसम्म कुनै लाभको पद पाएका छैनन् नत प्रत्यक्षरुपमा कुनै आम निर्वाचनमा उम्मेदवार हुन पाएका छन् ।

कांग्रेसको सशस्त्र संघर्षको क्रममा २०३१ सालमा पिस्तोल काण्डमा नेपालगन्जमा होस या २०३८ सालको आमनिर्वाचन वहिष्कार गर्दा या २०४२ सालको सत्याग्रहका वेला उनी दाङको जेलमा कैद हुन पुगेका थिए र यस अतिरिक्त विभिन्न समयमा नेपालगन्जदेखि दाङमा पटक पटक गरि गिरफ्तार, हिरासत तथा नजरवन्द परेका गिरी पटक पटक पार्टीको आन्तरिक गुटवन्दीको शिकार हुन पुगेका छन् । २०४७ पछिको दाङको कांग्रेस भित्रको राजनीतिमा कोइराला खेमामा अडिग गिरी र कांग्रेस भित्र प्रभावशाली नेता खुमवहादुर खड्का विचको शित युद्धका बाबजुत गिरी आफ्नो सिद्धान्त र निष्ठामा सक्रिय राजनीतिका लागिरहे ।

२०७० को दोश्रो संविधान सभाको निर्वाचनमा उनी समानुपातिक कोटाबाट उम्मेदवार बनेका थिए तर तत्कालिन सभापति शुशिल कोइरालाका अति विश्वास पात्र भएर पनि अन्तिम समयमा उनको नाम काटिएको थियो ।

वीपी कोइरालाद्वारा अनुमोदित २०३६ को जनमत संग्रहमा बहुदल प्रचार समिति नेपाली कांग्रेस दाङको सचिव भएका गिरी २०४० सालमै राप्ती अंचल केन्द्रिय सम्पर्क समितिको सदस्य भएका थिए । पार्टीको नवौं, दशौं, एघारौं, वाह्रौं र १३औं महाधिवेसनमा प्रतिनिधित्व गरेका थिए । पार्टीको ८औं महाधिवेशनमा दाङको तत्कालिन क्षेत्र ३ को क्षेत्रिय सभापतिमा १ मतले पराजित भएका थिए भने १२औं महाधिनेशनमा नेपाली कांग्रेस दाङको सभापतीमा उम्मेदवारी दिएका थिए र दोश्रो चरणको निर्वाचनमा उनी पराजित भएका थिए ।

आगरा विश्वविद्यालयबाट इतिहास र राजनितिशास्त्रमा स्नातक गरेका गिरी २०४० देखि २०४९ सम्म अमर माध्यमिक विद्यालय उरहरीमा प्रध्यानाध्यपक भई सक्रिय शैक्षिक नेतृत्व समेत गरेका थिए । कुसल राजनितिज्ञरुपमा चिनिने गिरीले तुलसीपुर क्षेत्रकै शैक्षिक पक्षमा शिक्षाको कमीलाई पुर्ति गर्न राप्ती बबई क्याम्पसको स्थापनाको परिकल्पना गर्न महत्वपूर्ण योगदान दिएका छन् । त्यस्तै तत्कालिन उरहरी गाविस वडा नं २ कचिलामा २०५३ सालदेखि निजि स्कूल दिब्यज्योति खोली त्यस क्षेत्रको शैक्षिक विकासमा पनि महत्वपुर्ण योगदान गरेका थिए ।

२०४६ सालको जनआन्दोलनमा सक्रिय सहभागिता भएका गिरी २०५९ पछिको हरेक आन्दोलनमा नेतृत्वदायी भुमिकामा रहेका छन् । चाहे त्यो राजाद्वारा गराइएको नगर निर्वाचनको विरुद्धमा प्रहरी हिरासतमा जादाँ होस या २०६२ र ६३ को आन्दोलनमा चाहे त्यो माओवादीद्वारा कब्जा गरिएका सम्पत्ति फिर्ता अभियानमा दर्जनौ पटक वार्तामा जादाँ होस उनी निस्वार्थ कुनै पदका लोभ विना नेतृत्वदायी भुमिकामा रहे ।

त्यसो त उनी २०७० को संविधानसभाको चुनावमा अन्तिम समयमा समानुपातिक सभासदको नाम काटिदा तत्कालिन सभापति शुशिल कोइरालासंग कुनै बार्गे्निङ गरेको भए पार्टीको केन्दीय सदस्य, प्रधानमन्त्री शुशिल कोइरालाको राजनैतिक सल्लाहकार, या भनै कुनै उच्च पदमा आसिन हुने थिए तर निस्वार्थ भावनाले लागेका गिरी पार्टी नेतृत्वले गरेको निर्णयलाई आत्मसाथ गरि सक्रिय राजनितिमा लागिरहे ।

२०५४ को २० वर्षपछि हुन लागेको स्थानिय तहको निर्वाचनमा तुलसीपुर उपमहानगरपालिकाको प्रमुखको उम्मेदवार पदमा पनि अन्तिम अवस्थामा नाम काट्दा र २०७४ कै प्रदेश नं ५ को प्रदेशसभा सदस्यको अन्तिम समयमा समानुपातिक सभासदको नाम काटिदा पनि फेरि पार्टीको आन्तरिक गुटको सिकार हुन पुगेका छन् ।

त्यसो त नेतृत्वको यो किसिमको ब्यवहारले गर्दा उनी कतै कांग्रेसको राजनीतिबाट विश्राम लिने हुनकी ? यसो गर्दा नेपाली कांग्रेसको राजनीतिमा असर पर्छ वा पर्दैन त्यो हेर्न बाकी नै छ ।
 
तसर्थ वीपीको समाजवाद र दर्शनको अनुयायी, कुसल राजनितिज्ञ, विभिन्न विषयबस्तुलाई चिर्न सक्ने, विकास प्रेमी र आफ्नो जीवनको सम्पूर्ण उर्जावान समय  (करिव ५ दशक) निस्वार्थ पार्टीमा लागेका दाङ कांग्रेसका पुराना तर सक्रिय नेता गिरीलाई कांग्रेस नेतृत्वले कहिले र कसरी मूल्याङ्कन गर्ने हो  सोच्ने बेला आएको छ ।   

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ