- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
बझाङ । एक अज्ञात समुहले जयपृथ्बी नगरपालिका ८ ग्वानी सल्लेनामा रहेको एनसिएलको टावरमा बम बिष्फोटन गराएको छ । सोमबार राती ११ बजे अज्ञात समुहले टावरमा सकेट बम विष्फोट गरि क्षतीग्रत बनाएको हो ।
रातीको समयमा आएको एक समुहले टाबरमा रहेको घर भित्र भएका सामान लाई लक्षित गरि बम विष्फोट गराएपछि टावरमा राखीएका चार थान सोलारका पाता र ३ वटा ब्याट्रीमा पगेको छ भने ट्रान्समिटरको लक समेत फुटाएर फालेको र टावरका सामाग्री राख्ने घरको छानामा समेत क्षती भएको जिल्ला प्रहरी कार्यलयका प्रहरी नायव निरिक्षक माधब बिसीले बताए ।
उनले भने “घटना स्थलमा हेर्दा सकेट बम विष्फोटन गराएको जस्तो बुझीनमा आएको छ तर नेपाली सेनाले यसमा कुन बम प्रयोग भएको छ भन्ने बारे प्रमाणित हुन बाँकी छ भने घटना बारे थप अनुसन्धान भई रहेको छ”।
बम कसले किन टावरमा क्षती पुर्याएको हो भन्ने बोर सामान्य जानकारी सम्म छैन् । एनसेलको टाबरको रेखदेख गदै आएका स्थनिय दामोदर बोहोराले भने राती ११ बजे बम बिष्फोटन भएको आवाज निस्कियो के भयो भनि हेर्न जादा त बम बिष्फोटन भई घरमा क्षती भएको देखियो ।
बिगत तीन बर्ष देखि सदमुकाम चैनपुर लगायत आसफासका क्षेत्रमा एनसेलले आफ्नो सेवा प्रवाह गरि रहेको थियो ।