- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । माओवादी केन्द्रले प्रतिनिधिसभामा समानुपातिकतर्फ निर्वाचित हुने सांसदको नामावली सच्याएर निर्वाचन आयोगलाई बुझाएको छ ।
समानुपातिक सूचिमा यसअघि परेका पूर्वमन्त्री हितराज पाण्डेको नाम हटाएर माओवादी केन्द्रले चुडामणि खड्काको नाम राखेर निर्वाचन आयोगलाई बुझाएको हो ।
माओवादी केन्द्रले आयोगमा पेश गरेको सूचिमा खसआर्य पुरुष समूहमा १ नम्बरमै हितराजको नाम राखेको थियो ।
आयोगले अपाङ्गबाट समूहबाट कोही नपरेको भन्दै सूची सच्याउन भन्दै माओवादीलाई चिठी लेखेको थियो ।
आयोगले सूचि नमिलेको चिठी पठाएपछि माओवादीले पाण्डेको नाम हटाएर खड्काको नाम सूचिमा पारेको हो । खड्का द्वन्द्वकालका घाइते हुन् । तत्कालीन समयमा उनको खुट्टामा चोट लागेको थियो ।
सूचिबाट हट्ने र सूचिमा पर्ने दुबै गोरखाका हुन् । पाण्डे २०७० सालको संविधानसभा सदस्यउ निर्वाचनमा गोरखा क्षेत्र नम्बर २ बाट प्रत्यक्ष निर्वाचित भएका थिए । पाण्डे नारायणकाजी समूह निकट मानिन्छन् ।