arrow

सहिदको सपना पूरा नगरेको गुनासो

logo
प्रकाशित २०७७ पुष १७ शुक्रबार
Sahid-Park-hetauda-Nabalpur.jpg.jpeg
काठमाडौं। वर्तमान सरकारले सहिदको सपना पूरा गर्नेतर्फ कुनै कदम नचालेको भन्दै बुद्धिजीवी, अधिकारकर्मी तथा सहिदका परिवारले गुनासो गरेका छन् । 
 
रिपोटर्स क्लबमा आयोजित अन्तक्र्रिया कार्यक्रममा इतिहासविद डा सुरेन्द्र केसीले सहिदप्रतिको सरकारको निरन्तर बेवास्ताका कारण सहिदले आफ्नो प्राणको आहुति दिएर गल्ती गरेको भनेर सहिदका परिवारजनले व्यक्त गर्नु निकै दुःखद र मार्मिक भएको भन्दै त्यसमा सरकार गम्भीर हुनुपर्ने बताए ।उद्योग राज्यमन्त्री मेघनाथ नेपालीले वर्तमान सरकारले सहिदको सपना साकार पार्न उच्च प्राथमिकता दिएको बताउँदै सहिद परिवारलाई व्यवस्थित गर्ने तथा देशमा आर्थिक क्रान्ति पूरा गरेर सहिदको सम्मान गर्ने अठोट लिएको बताए । 
 
उहाँले सहिदका परिवारका सदस्यलाई आर्थिक सहयोग तथा रोजगारीको व्यवस्था गर्नेजस्ता कार्यक्रम निकट भविष्यमा ल्याएर सहिद परिवारको आँसु पुछ्ने जानकारी दिए । मानवअधिकारवादी नेता चरण प्रसार्इंले सहिदले बलिदानपछि ल्याएको प्रजातन्त्रमा दलले सत्तामा जाने भयाङकारुपमा मात्र लिएको र जनतालाई आर्थिकरुपमा समृद्ध पार्ने सहिदको सपनालाई उनीहरुले बेवास्ता गरेको बताए । 
 
नागरिक समाजका हस्तबहादुर विश्वकर्माले राजनीतिक दलले प्रजातन्त्र, समानता र आर्थिक समृद्धिका मुद्दालाई रद्दीको टोकरीमा फालेको चर्चा गर्दै संविधानमा व्यवस्था भएअनुरुप ४० सदस्यीय मन्त्रिपरिषद् र छ उपप्रधानमन्त्रीमा एकजना पनि दलितलाई सहभागी नगरेर प्रजातन्त्रको धज्जी उडाएको बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ